२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कार्यस्थलमा वर्षौँपछि खानेपानीको व्यवस्थापन भएपछि सर्लाही बाँकेका वन कर्मचारी खुसी, वन संरक्षणमा सक्रियता

२०७९ माघ १७, मंगलबार मा प्रकाशित ( साल अघि) ३२४ पाठक संख्या

 

सीता अधिकारी
सर्लाही, १७ माघः सब डिभिजन वन कार्यालय बाँके सर्लाहीका वन रक्षक शुभकर्ण राय निकै खुसी देखिनुहुन्थ्यो । यो खुसी उहाँमा त्यसै आएको होइन । ५० वर्ष अघिदेखि सब डिभिजन बन कार्यलय बाँकेमा रहेको खानेपानीको समस्या समाधान भएपछि उहाँको मुहारमा खुसी छाएको हो ।

1675140296154
वर्षोँदेखि कार्यस्थल वरिपरि पिउन, खाना पकाउन र नुहाईधुवाईका लागि पानीको स्रोत नहुँदा १२ किलोमिटर पर जिल्ला वन कार्यालय पुगेर पानी ओसार्नुपर्ने बाध्यता रहेको थियो । तर सर्लाही डिभिजन वन प्रमुख मन्जुर अहमदको पहलमा प्राविधिक टोलीको अध्ययनपछि ३ सय फिट तल खन्दा पानी भेटिएको र विद्युत् लाइन नभएका कारण हेभी जेनरेटरको प्रयोग गरेर बोरिङको माध्यमबाट पानी निकालिएपछि पानीको समस्या समाधान भएकोले पानी ओर्सानुपर्ने बाध्यता हटेको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सब डिभिजन वन कार्यालय आसपासको क्षेत्रमा यसअघि पटक पटक बोरिङ खनेर पानी निकाल्ने प्रयास भएपनि सफल भने हुन सकेको थिएन । ईश्वरपुर नगरपालिका आसपासको सो क्षेत्रमा यसअघि महेन्द्र राय यादव सिँचाइ मन्त्री हुँदा बोरिङ खनेर जमिनमुनिबाट पानी निकाल्ने प्रयास भएपनि समस्या भने समाधान नभएको वन रक्षक रायको भनाइ थियो ।

1675144977123

चुरेको फेदी भएपनि चट्टानी जमिनका कारण पानी बोरिंग गरेर निकाल्न समस्या हुने गरेको थियो । यसका लागि पनि आर्थिक रिक्स लिन सक्ने हिम्मतिलो मान्छेको खाँचो परिरहेका बेला डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले आँट र हौसला दिएपछि आफूहरुले बोरिगं सञ्चालन गर्न सकेको ईश्वरपुर नगरपालिका वडा नं १२ का वडाध्यक्षले बताउनुभयो ।

1675140644667
विगतमा पटक पटकको प्रयासले पनि पानी नआएपछि स्थानीयहरूले अन्यत्रबाट टंयाकीमा पानी ओसारेर खाने गरेका थिए । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले पानी ल्याउन विगतमा धेरै प्रयास र खर्च भएपनि सफल नभएको बताउनुभयो । वन कार्यालयले प्राविधिक टोली ल्याएर अध्ययन गरेपछि डिप बोरिङमा लागेको ज्याला, हेभी जेनरेटर, सहित सम्पूर्ण सामग्री गरेर करिब १३ लाख खर्चेर यसपटक पानी निकाल्न सफल भएको अहमदले जानकारी दिनुभयो ।

1675140356606

‘हामीले बोरिङ खनेर पानी ल्याएपछि त्यो भेगमै पानी आउँदो रहेछ भन्ने सन्देश पनि गएको छ,अहिले नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रको वडा नं १३ मा पनि बोरिङ खन्ने काम सुरु गरिरहेको छ’ सर्लाहीका डिभिजन वन प्रमखु अहमदले भन्नुभयो ‘विगतमा जोखिम किन लिने बोरिङ खनेर खर्च गरेर फेरि पानी आएन अपजस होला भनेर पनि काम नगरेको अवस्था थियो, तर हामीले प्रयास गर्दा पानी आएन भने लागेको खर्च सरकारी मापदण्ड अनुसार नै हुने गरी काम गर्‍यौँ, त्यसले मलाई आँट दियो ।

विगतमा खानेपानीको अभाव हुँदा जङ्गल संरक्षणमा खटिएका कर्मचारीलाई समेत समस्या हुने गरेको थियो यसले वन तस्करहरुलार्य फाइदा पुग्ने गर्थ्यो । जसले गर्दा जङ्गलमा चोरी तस्करी तथा वन क्षेक्रको अतित्रमण समेत बढ्दै गएको थियो । तर, खानेपानीको व्यवस्था भएपछि कर्मचारी र वन रक्षकहरू वन जङ्गल संरक्षण र कार्यालयमै खट्ने गरेका छन् । चोरी तस्करी समेत न्यूनीकरण हुँदै आएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही डिभिजन वन कार्यालय अन्तर्गत रहेका ६ वटा सब डिभिजन वन कार्यालयहरूमध्ये ५ वटा सब डिभिजन वन कार्यालयहरू जङ्गल क्षेत्रभित्र रहेका छन् । जङ्गलभित्र रहेका सब डिभिजन वन कार्यालयमा खानेपानी, विद्युत् लगायत न्युनतम् सुविधा कर्मचारीहरुले समस्या भोग्नुपरेको छ । कार्यालयमा सामान्य सुविधासमेत नहुँदा विगतमा कर्मचारीहरू बजारमा डेरा लिएर बस्ने गरेको र ‘अहिले सबै सब डिभिजन प्रमुखहरूलाई कार्यालयमै बस्ने वातावरण बनाएको सर्लाही डिभिजन वन कार्यालयका प्रमुख अहमदले बताउनुभयो । उहाँले भन्नुभयो, वन कर्मचारीको बस्ने, खाने व्यवस्था राम्रो भएपछि माक्रै जङ्गलको संरक्षण हुन सक्छ’ । ‘अहिले जङ्गलमा गस्ती गर्ने, अतित्रमण रोक्ने, चोरी, तस्करी नियन्त्रण गर्ने कार्य भएको छ ’ अहमदको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु