२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल अपांग सेवा संघ बाराको आयोजनामा ह्वील चेयर वितरण

२०७९ माघ २१, शनिबार मा प्रकाशित ( साल अघि) ३३५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २१ माघः नेपाल अपांग सेवा संघ बाराको आयोजनामा शनिबार ह्वील चेयर वितरण गरिएको छ । उपकार सेवा नेपालको सहयोगमा उपलब्ध ह्वील चेयर अपांगता भएकाहरुका लागि वितरण गरिएको हो ।

1675495728203
नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा उपकार सेवा नेपालका तर्फबाट उपलब्ध गराइएको २४ वटा ह्वील चेयर वितरण गरिएको थियो ।

1675495792906

कार्यक्रममा उपकार सेवा नेपालका केन्द्रिय अध्यक्ष विद्यादेवी सरावगीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष विद्यादेवी सरावगीका माता पद्मा सरावगी, उपकार सेवा नेपालका केन्द्रिय सदस्य महेश वगडिया, समाजसेवी राजाराम साह, समाजसेवी मुकुन्दबहादुर क्षेत्री, अपांग सेवा संघका पूर्व उपाध्यक्ष खड्ग श्रेष्ठ, पूर्व सचिव रमेश विडारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका पूर्व अध्यक्ष धनप्रसाद बजगाईँले गर्नुभएको थियो ।

सम्मान –पत्र प्रदान
अपांगता भएका व्यक्तिहरुको दैनिकी सहज बनाउन प्रयोग हुने सहायक सामग्री मध्येको महत्वपूर्ण साधन ह्वील चेयर प्रदान गरी सामाजिक उत्तरदायित्वको अनुपम कार्य गर्दै आएको भन्दै नेपाल अपांग संघ बाराको तर्फबाट उपकार सेवा नेपाल र लायन्स क्लव अफ जीतपुरसिमरालाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

1675495743521

1675495771422

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु