२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

विभूतिले मनायो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

२०७९ फागुन १०, बुधबार मा प्रकाशित ( साल अघि) ४२० पाठक संख्या

सीता अधिकारी
सिमरा, १० फागुनः बाराको उत्तरी भेगमा रहेका संस्थागत विद्यालयमध्ये विभिन्न विधामा उत्कृष्ट परिणाम ल्याउन सफल राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सदनले विभिन्न कार्यक्रमको आयोजना गरी बुधबार दिवस मनाएको हो ।

कार्यक्रममा मधेस प्रदेश विश्व विद्यालयका उपकुलपति दीपक शाक्यले बालबालिकालाई सीपसहितको शिक्षा र संस्कार सहितको शिक्षा आवश्यक भएको बताउनुभयो ।

1677077748592

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, एन प्याब्सनका केन्द्रीय सदस्य एवं लोटस एकेडेमीका सञ्चालक प्रिन्सिपल रामप्रसाद अधिकारी, जनता मावि रजघट्टाका प्र अ राजु अधिकारी, संस्थाका डाइरेक्टर श्याम भट्टराईलगायतले संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।
सम्मान तथा मायाको चिनो प्रदान

विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट अभिभावकको रुपमा फनबहादुर नेपालीलाई सम्मान गरेको छ । उहाँलाई मधेस विश्व विद्यालयका उपकुलपति शाक्यले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी सोही विद्यालयमा अध्ययनरत मेधावी छात्रको रुपमा कक्षा १२ मा अध्ययनरत सागर नेपालीलाई उहाँले विभिन्न देशमा गई जितेर ल्याएको पदकसहित सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

1677077669290
कार्यक्रममा वडाध्यक्षहरु वडा नं १६ का हरिदेव खरेल, वडा नं १५का रामप्रसाद लामिछाने, वडा नं १४ का वडाध्यक्ष चयन गुरुंग, वडा नं १३ का हेमनारायण चौधरी, वडा नं १२ का श्यामबाबु खाँ लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका शाक्यलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यार्थीको विविध परिकार
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिलतालाई जोड्न भन्दै आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न परिकार बनाएका थिए । वजार व्यवस्थापनको नीति सिक्नका लागि उनीहरुले विभिन्न समुदायको साँस्कृतिक पहिचान झल्कने पहिरनका साथ परिकार निर्माण गरेका थिए । थारु, नेवारी, नेपाली, फास्टफुड लगायतका परिकार तयार पारेर अतिथिहरुलाई चखाएका थिए ।

1677078003142
विभूति सामुदायिक शिक्षा सदनकाा अध्यक्ष विदुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षासेवी, सञ्चारकर्मी, अभिभवावक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

1677077937920

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु