२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

लोटसको दी कफी हाउस प्रोग्राममा विद्यार्थीले दिए सिर्जनात्मक प्रस्तुति

२०७९ फागुन १६, मंगलबार मा प्रकाशित ( साल अघि) ९२२ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ फागुनः दी कफी हाउस प्रोग्राम भन्ने वित्तिकै सबैले सोच्ने गर्छन्, कुनै कफी पिउने नै ठाउँ होला । तर यो कफी हाउस प्रोग्राममा विद्यार्थीको सिर्जनात्मक क्षमता प्रस्तुत गरिन्छ ।

1677597526838
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ सिमरास्थित लोटस एकेडेमीले विद्यार्थीको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गराउन सञ्चालन गरेको कार्यक्रम हो । लोटस एकेडेमीका निर्देशक सुवास अधिकारुकिा अनुसार आइतबारदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म सञ्चालन हुन्छ । यस कार्यक्रममा कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुले आफ्ना अभिभावकसमक्ष आफ्ना सिर्जनात्मक प्रस्तुति दिने गरेका छन् ।
निर्देशक अधिकारीले विद्यार्थीको अनिवार्य प्रयोगात्मक परीक्षा भएको बताउनुभयो । उहाँले पाठ्यक्रम विकास केन्द्रले तोकेको स्थानीय पाठ्यक्रमलाई निर्माण तथा कार्यान्वयनमा ल्याउँदै ५० पूर्णांकको परीक्षा स्वरुप यो कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
यसमा विद्यार्थीहरुले आफ्नो कविता, कथा, चित्रकला आदिको प्रस्तुति दिने गर्दछन् । अभिभावकका अगाडि उभिएर निर्धक्क आफ्ना सिर्जना वाचन गरिरहँदा विद्यार्थीहरुमा अरुका सामु आफ्ना कुराहरु धक नमानि राख्न सक्ने बनाउनु कार्यक्रमको उद्देश्य भएको विद्यालयले जनाएको छ ।

1677597884186

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु