सीता अधिकारी
सिमरा, १९ फागुनः पूर्वमन्त्री एवं बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले यातायात व्यवसायीको समस्यालाई कुनै न कुनै रुपमा आफूले समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तराई यातायात व्यवसायी सँघको १६ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री एवं साँसद श्रेष्ठले यातायात व्यवसायीको हरेक समस्यामा आफू सँगसँगै हिड्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासँघका अध्यक्ष हिरालाल श्रेष्ठले विमा नीति र यातायात नीतिमा हेरफेर गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य मधु शाही, मधेश प्रदेश सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, संस्थाका कानुनी सल्लाहकार ईश्वरराज ढकाल, नेपाल ट्रक यातायात व्यवसायी संघका केन्द्रीय महासचिव राजेन्द्र विक्रम बानिया, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्यी उपाध्यक्ष रामप्रसाद सुवेदी, ढुवानी व्यवसायी महासंघका विश्वनाथ खनाल, यातायात व्यवसायी जगरनाथ प्रसाद कलवार, जीतपुरसिमरा नगर उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका कार्यवाहक अध्यक्ष सोहेल अख्तर अंसारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमममा अध्यक्ष अंसारीले संस्थाका गतिविधि तथा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा यातायात व्यवसायीसम्वद्ध संघसंस्थाका केन्द्रीय पदाधिकारी, प्रतिनिधि, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगी, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वर्ष कर्मचारीका रुपमा संस्थाका लक्ष्मीप्रसाद ढकाल र क्षेक्रबहादुर वस्नेतलाई सम्मान गरिएको थियो ।कार्यत्रममा पूर्व क्षेत्र उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने सहजीकरण सुनिल गाउलेले गर्नुभएको थियो ।
उद्घाटनसत्र सम्पन्न भएसंगै बन्दसत्र सुरु भएको छ ।