२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

होलीको अवसरमा नेका नेता एवं संविधान सभा सदस्य डा. पराजुलीद्वारा शुभकामना व्यक्त

२०७९ फागुन २१, आईतबार मा प्रकाशित ( साल अघि) २२७ पाठक संख्या

सीता अधिकारी
सिमरा, २१ फागुनः होली पर्वको अवसरमा नेपाली काँग्रेसका नेता एवं संविधान सभा सदस्य डा. शोभाकर पराजुलीले सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । डा. पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।
होली पर्वले प्रत्येक मानवमा समान व्यवहारको सन्देश प्रवाह गर्ने प्रेरणा प्रदान गरोस् भन्दै नेता डा.पराजुलीले सबैमा सकारात्मक भावनाको विकासको कामना गर्नुभएको छ ।‘ यो पर्वले आपसी सदभाव, मेलमिलाप, भाइचारा, प्रेमभाव बढाओस् । मान्छेले मान्छेलाई कुनै जाति, वर्ण, लिङ्ग वा क्षेत्रका आधारमा श्रेष्ठ नमानी सबैलाई समान मान्ने प्रेरणा मिलोस् । हाम्रो मानवतावादी सोचमा अझ ठोस् योगदान पुर्‍याउन सकोस् । हामी सबैलाई अझ सकारात्मक सद्बुद्धि प्राप्त होस् । सबैमा शान्ति,सुस्वास्थ्य,समृद्धि र समुन्नतिका निमित्त हार्दिक मंगलमय शुभकामना’ डा. पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली काँग्रेसका पूर्व मूख्य सचिब एवं संसदीय दलका सचेतक रहनुभएका डा. पराजुली हाल बारामा रहेर समाज सेवा, राजनीति र साहित्यका क्षेत्रमा सक्रिय रहनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु