२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

डिभिजन वन प्रमुखलाई दुर्व्यवहार गरेपछि वडाध्यक्ष नियन्त्रणमा

२०७९ फागुन २७, शनिबार मा प्रकाशित ( साल अघि) २८९ पाठक संख्या

सीता अधिकारी
बोधवन, २७ फागुनः बाराको कोल्हबी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयले शनिबार नियन्त्रणमा लिएको छ । बोधवनको रामवनमा गत फागुन २३ गते राति भएको घटनाको निरीक्षण गर्न पुगेको वन प्रशसानको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।

अतिक्रमणकारीले चाडबाड ( होली) को मौका छोपी वृक्षारोपण गरिएका लाथ्रा विरुवा फडानी गरेपछिको अवस्था अनुगमन गर्न पुगेका वन कर्मचारी र प्रहरी प्रशासनकै सामु वडाध्यक्ष चौधरीले डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहमाथी अपशब्द प्रयोग गरेका थिए । अनुगमनका लागि सिंहसहित प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ जैशवाल, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कोल्हवी नगरपालिका प्रमुख रामप्रसाद चौधरी, सशस्त्र प्रहरी उपरीक्षक, अनुसन्धान बाराका उपरीक्षक, बाराका प्रहरी नायब उपरीक्षक, वन कर्मचारी, सञ्चारकर्मीसमेतको सहभागिता रहेको थियो ।

1678537849605

आर्थिक वर्ष २०७७, ०७८ मा डिभिजन वनले स्थानीय प्रशासनकै सहयोगमा अतिक्रमण गरिएको राष्ट्रिय वनक्षेत्र खाली गरेर रोपिएको विरुवा र वन क्षेत्र संरक्षणका लागि लगाएको तारबार अतिक्रमणकारीले भत्काएका थिए । उक्त घटनापछि प्रहरी प्रशासनसहित वन कार्यालयको टोली अनुगमन निरीक्षणका लागि बोधवनको रामवन पुगेको थियो ।

1678537805537

वडाध्यक्ष चौधरीले मदिरा सेवन गरेर अनुगमन, अनुसन्धान, निरीक्षणकै क्रममा रहेका अनुगमन टोलीकै सामु अपशब्द प्रयोग गरेको डिभिजन वन अधिकृत सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार रामवनमा वन संरक्षणका लागि रोपिएका विरुवा र तारवार भत्काएको विषयमा बुझ्ने क्रममा वडाध्यक्ष चौधरी अमर्यादित रुपमा प्रस्तुत भएका थिए ।

डिभिजन वन अधिकृत सिंहले वडाध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाकारी दिनुभयो । अनुसन्धानका लागि कार्यालयले अब्दुल करिमलाई जिम्मेवारी दिएको छ ।

1678538032932

स्थानीयको विरोध
यता वडाध्यक्ष पक्राउ परेको विषयलाई लिएर आक्रोसित बनेका स्थानीयले विरोध र नाराबाजी गरेका छन् । वडाध्यक्षको विरुवा फडानीलगायतमा संलग्नता नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु