२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जगदम्बा जीतपुरसिमरा गोल्डकप आगामी चैत नौ गतेदेखि सुरु हुने

२०७९ फागुन २९, सोमबार मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

सीता अधिकारी
सिमरा, २९ फागुनः जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करण आगामी चैत नौ गतेदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत्र ९ गतेदेखि सुरु हुने जानकारी गराएको हो ।

1678717315857

२०६६ साल देखि सिमरा गोल्डकप गराउँदै आएको क्लवले पछिल्लो दुई संस्करणदेखि रात्री समयमा प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्ष पनि ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहने प्रतियोगिता फ्लड लाईटमुनि हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा साविक विजेता न्युरोड टिम एनआरटी, विभागिय टिम एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाईज युनाईटेड, सातदोबाटो युथ क्लब, मोफसलका केबिए ग्लोबल बिएफसी चितवन, मकवानपुर ११, बागमती युवा क्लब, वीरगन्ज युनाइटेड क्लब र आयोजकको सहभागिता रहने जनजागृति क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो।

आयोजकले एन्फाले तय गरेको क्यालेण्डरअनुसार प्रतियोगिताको तयारी गरिरहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्दा विधागततर्फका उत्कृष्ट र उदयीमान जनही १५ हजार प्राप्त गर्ने महासचिव ठकुरीले बताउनुभयो ।

प्रतियोगिता सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले अघिल्लो वर्षजस्तै २५ लाख रुपैया सहयोग गर्ने भएको छ । यसैगरी प्रतियोगितालाई यस वर्ष पनि जगदम्बा स्टील्स् प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ ।

1678717296801

सम्झौतापत्रमा हस्ताक्षर
१२औं संस्करणदेखि प्रतियोगितामा जोडिएको जगदम्बा स्टील्सले यस वर्षपनि सम्झौतालाई निरन्तरता दिने भएको हो । जगदम्बा स्टील्स् र आयोजक क्लबबीच पत्रकार सम्मेलनमै सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । जगदम्बा स्टील्स्कातर्फबाट कर्पोरेट भाइस प्रेसिडेन्ट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गोल्डकप सफल बनाउन स्थानीय सरकार सधै तत्पर रहेको बताउनुभयो । चैत्र १८ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी र मैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको आयोजक क्लबले जनाएको छ । सूर्य नेपाल प्रालिको सहयोगमा यस वर्ष फ्लड लाइटको क्षमतासमेत विस्तार गरिएको छ । अघिल्ला वर्षमा देखिएका प्राविधिक कमजोरीलाई सुधार गर्दै १३औं संस्करणको तयारी गरिरहेको क्लबले जनाएको छ ।

सहयोगी संस्था
सूर्य नेपाल, हुलास स्टील्स् सहप्रायोजक रहने प्रतियोगितालाई सफल बनाउन राखेप, एन्फा, नगर उद्योग वाणिज्य संघ, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स, युआर अटोमेटिक लण्ड्री, एलएस न्युरो अस्पताल, स्टार पोलि क्लिनिक, सुसप्त मेडिकललगायत विभिन्न संघसंस्थाले प्राविधिक तथा व्यवसायिक रुपमा सहयोग र सहकार्य गर्ने भएका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु