२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २७ औँ वार्षिकोत्सव सम्पन्न

२०७९ चैत्र ४, शनिबार मा प्रकाशित ( साल अघि) ३४५ पाठक संख्या

सिमरा, ४ चैतः साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको २७ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिवार वार्षिकोत्सव सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष प्रदिपसिंह बरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कँडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, कोल्वी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, जिल्ला कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादव, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ कावडाध्यक्ष रामप्रसाद लामिछाने, निर्वाचन समिति सदस्य राजु अधिकारी, संस्थाका पूर्व अध्यक्ष शिव प्रसाद अधिकारी, जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, इलाका कार्यालय हेटौडाका प्रबन्धक कृष्णकुमारी शर्मा, नेपाली काँग्रेसका नर सभापति छवि शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, सञ्चारकर्मी उपेन्द्र ठाकुर र भोजराज भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थाका विष्णुकुमार श्रेष्ठको सहजीकरण रहेको थियो भने स्वागत मन्तव्य संचालक सदस्य सुकुमाया वाइवाको रहेको थियो ।
कार्यक्रममा संस्थाको २६ औँ वार्षिक साधारण सभामा सम्मान गर्न बाँकि उत्कृष्ट बचत कारोबार, उत्कृष्ट ऋण कारोबार, उत्कृष्ट समूह बचत, उत्कृष्ट फलफूल खेती, उत्कृष्ट उद्योगव्यापार, उत्कृष्ट व्यवसायिक पशुपालन, उत्कृष्ट देनिक वचत, उत्कृष्ट पशुधन संरक्षणकर्ता, उत्कृष्ट व्यवसायिक तरकारी खेती, उत्कृष्ट अन्तरसमूह लगायतका विधामा संस्थाको सेवाकेन्द्र डुमरवाना, सिमरा, नीजगढ, कतर्वा, कोल्हवीका सदस्यहरुलाई दोसल्ला र प्रशंसापत्र सहित नगद रु एक हजार प्रदान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु