२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रजातान्त्रिक नेता तथा समाजसेवी स्व. रायमाझीको ४५ औँ दिनको पुण्य तिथीमा श्रद्धान्जलि अर्पण

२०७९ चैत्र ११, शनिबार मा प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या

सीता अधिकारी
सिमरा, ११चैतः नेपाली काँग्रेस नगर कार्यसमितिको आयोजनामा स्वर्गीय पुष्कर रायमाझीको स्मृतिमा श्रद्धाञ्जलि अर्पण गरिएको छ । स्वर्गीय रायमाझीको ४५ औँ दिनको पुण्य तिथीको अवसरमा शनिवार नगर कार्यसमितिले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

1679737349863
नेपाली काँग्रेस जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ का सभापति एवं प्रजातान्त्रिक सेनानी रायमाझीले विं सं २०२८ साल देखि नेपाली काँग्रेसमा रहेर समाजमा योगदान दिनुभएको भन्दै उहाँले समाजिक क्षेत्रमा दिनुभएको योगदानको कदर गरिएको थियो । पार्टीभित्रको सच्चा, इमान्दार र निष्ठावान व्यक्ति जसले आफ्नो व्यक्तिगत भन्दा पनि समाजको हितको बारेमा सोच्ने गरेको भन्दै उहाँले गरेका सत्कर्मलाईृ आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।वि. सं २०१३ भदौ २६ गते जन्मनुभएका रायमाझीको वि.सं २०७९ माघ २६ गते निधन भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्दीय नेता उमा रेग्मी, उमेशजँग रायमाझी, कुन्दन काफ्ले, तथा बारा क्षेत्र नं ४ का संघीय साँसद एवं पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ किसान, संविधान सभा सदस्य शोभाकर पराजुली, लालबाबु सिंह , नेपाली काँग्रेस मधेस प्रदेशका नेता, बारा जिल्लाका काँग्रेस सभापति राजेश राय यादव, नेता कृष्णव्रत सिंह, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, नेकपा एकीकृत समाजवादकिा नगर अध्यक्ष कृष्ण खनाल लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

1679737253618
नगर सभापति छवलिाल शर्माको सभाध्यक्षतामा सम्पन्न श्रद्धाञ्जलि सभामा स्वर्गीय रायमाझीका सुपुत्र डा. पारस रायमाझीले स्वागत गर्नुभएको थियो भने, धर्मपत्नी एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझीले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण युवा नेता नवराज त्रिपाठीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु