२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

शक्ति वा बलको प्रतीकका रुपमा चिनिने पाथीभरा देवीको दर्शन अब सिमरामै गर्न सकिने

२०७९ चैत्र १२, आईतबार मा प्रकाशित ( साल अघि) ३२६ पाठक संख्या

सीता अधिकारी
सिमरा, १२ चैतः शक्ति वा बलको प्रतीकका रुपमा चिनिने पाथीभरा देवीको दर्शन अव सिमरामै गर्न सकिने भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ को नरवस्तीमा रहेको कृष्ण मन्दिर प्रांगणमा विश्वास, आश्था एवं पवित्रताकी देवी पाथीभारा देवीको मन्दिर निर्माण तथा स्थापना सकिएपछि यहाँका स्थानीयले आफ्नै ठाउँमा पनि देवीको दर्शन गर्न सक्ने भएका हुन् ।
सिमराका स्थानीय हरिप्रसाद घिमिरे र कमला घिमिरेलगायत उहाँको परिवारले पाथीभरा देवीको मन्दिर निर्माणका लागि पहल थाल्नुभएको छ । गएको शुक्रबार मन्दिरको शिलान्यास गरी निर्माणकार्य अघि बढाइएको छ । युवा ज्योतिष पण्डित हरिकृष्ण पौडेलको मन्त्रोच्चारण तथा घिमिरे परिवारबाट विशेष पूजाआरधना गर्दै पाथीभरा देवी नामाकरण गरी मन्दिरको शुभारम्भ गरिएको निर्माणकर्ता कमला घिमिरेले बताउनुभयो ।

1679800542633

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु