२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

हिमालयन शेर्पा क्लब र चर्च ब्वाइजद्वारा १३ औँ जीतपुरसिमरा गोल्डकपको उपाधि आआफूले जित्ने दावी

२०७९ चैत्र १७, शुक्रबार मा प्रकाशित ( साल अघि) ४२४ पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ चैतः हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेडले जगदम्बा १३ औँ जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि आआफ्नो दावी प्रस्तुत गरेका छन् । दुई अलग अलग सेमीफाइनल खेलबाट फाइनल खेलका लागि भेट पक्का गरेका दुवै समूहले उपाधिका लागि आ आफ्नो दावी पेश गरेका हुन् ।

1680267184568
ए’ डिभिजन लिगको जारी सिजनमा अपराजित चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि फाइनल प्रवेश गरेपछि जीतसंगै चर्च ब्वाईजले शनिबार हुने उपाधि भिडन्तमा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा क्लबसंगको भेट पक्का गरेको हो । त्यस्तै हिमालयन शेर्पा क्लबले बुधबार मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै जीतपुरसिमरा गोल्डकपको फाइनल प्रवेश गरिसकेको थियो । सिमरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर ११ हेटौँडालाई ३–० ले हराउँदै हिमालयनले फाइनलको यात्रा तय गरेको हो ।
जीतपुर–सिमरा गोल्डकपमा हिमालयन शेर्पा तेस्रोपटक फाइनल पुगेको हो । हिमालयनले ०६७ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल खेल्दै उपाधि जितेको थियो । दुई वर्षपछि ०६९ मा पनि फाइनल खेलेको हिमालयन उपविजेतामै चित्त बुझाउनुपरेको थियो ।
यता चर्च ब्वाइज युनाइटेडका लागि जीतपुर सिमरा गोल्डकप नयाँ भए पनि आफ्नो प्रस्तुतिले प्रशस्त दर्शकको ध्यान आफूतिर तान्न सफल भएको छ । शनिबार हुने फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

टिकट दरमा वृद्धि

1680267124414
जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको आयोजक क्लब नव जन जागृतिका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रंगशालामा फाइलन खेलका लागि दर्शकको घुइँचो हुने भएपनि व्यवस्थापन हुनेछ । रंगशालामा भएको प्याराफिटको क्षमता ७ हजार जनाको भएपनि रंगशालामा १० हजार दर्शक हुने अनुमान गरिएको छ ।खेल समापनमा प्रमुख अतिथि उपराष्ट्रपति आउने हुँदा दर्शकहरुलाई कुनै असुविधा नहोस भनि सचेतता अपनाइएको समेत अध्यक्ष लामाले जानकारी दिनुभयो । फाइनल खेलका लागि आयोजकले एक सय रुपियाँको टिकट दरमा वृद्धि गरी २ सय पुर्याएको जानकारी गराएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु