२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

चुलिँदैे सिमरा महिला साकोसको चर्चा

२०७९ चैत्र १७, शुक्रबार मा प्रकाशित ( साल अघि) ४०२ पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ चैतः महिलाहरुद्वारा मात्र सञ्चालित बारा जिल्लाको उत्कृष्ट सहकारी सिमरा महिला साकोसप्रति अन्य जिल्लाका सहकारी संस्थाहरुको चासो बढ्न थालेको छ । महिलाहरुले आफ्नो मेहनत र लगनशिलताका कारण संस्थाको उन्नति गर्दै गएपछि त्यसको अनुशरण गर्नका लागि अन्य संघ संस्थाको साकोसप्रति चासो बढ्न थालेको हो ।
शुक्रबार सप्तरीको सुरुंगा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम –मेडपा) को साझेदारीमा अन्तर जिल्ला संस्थागत अवलोकन भ्रमणका लागि नगरपालिका कर्मचारी तथा महिला समूहका सदस्यहरु आएका थिए ।

1680272202473

अवलोकनका क्रममा सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको उन्नतिको चर्चा सुनेर आफूहरु अवलोकन गर्न आएको सुरुंगा नगरपालिका सप्तरीका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका मुना खपांगीले बताउनुभयो ।

भेटघाट तथा छलफल कार्यक्रममा सिमरा महिला साकोसका अध्यक्ष अनिता लम्सालले सहकारी स्थापनाको अवस्था र हाल संस्थाले गरेको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो ।

1680273107173

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु