२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

प्रेस सेन्टर नेपाल बाराको प्रथम वार्षिक सभा सम्पन्न, वरिष्ठ पत्रकार खड्कालगायतलाई सम्मान

२०७९ चैत्र १८, शनिबार मा प्रकाशित ( साल अघि) ८५१ पाठक संख्या

सीता अधिकारी
सिमरा, १८ चैतः प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रेस सेन्दटर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

1680336093900
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष देवकोटाले सामाजिक सञ्जालमा लेख्नु र पत्रकारिता गर्नु फरक कुरा भएको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी, प्रेस सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल, सचिव राजु विश्वकर्मा, केन्द्रीय सदस्य ध्रुव ढकाल, महेश्वर अधिकारी, नेपाली काँग्रेस नगर सभापति छवि शर्मा, प्रेस सेन्टरका मधेस प्रदेश प्रमुख किरण कर्ण, नेपाल पत्रकार महासँघ मधेश प्रदेश सदस्य लक्ष्मी खरेल, बाराका उपाध्यक्ष रामबाबु मेहता, प्रेस यूनियनका केन्द्रीय सदस्य गणेश रिजाल, प्रेस चौतारीका पुष्पराज खतिवडा, चेम्बर अफ कमर्सका अध्यक्ष रुपेस पोखरेल, नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा, बुद्धिजीबी राजु अधिकारी, सञ्चारकर्मी उपेन्द्र ठाकुर , गढीमाई साझेदारी वनका अध्यक्ष गणेशजी साहलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

1680340154995
कार्यक्रममा संस्थाका तर्फबाट प्रेस सेन्टरका संस्थापक अध्यक्ष गम्भिरा सहनी, पूर्व अध्यक्ष राम बाबु मेहता, महेश्वर अधिकारी, वरिष्ठ पत्रकार विदुर खड्का लगायतलाई प्रेस सेन्टरका हक हित तथा यसमा आवद्ध सञ्चारकर्मीहरुलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियो ।
प्रेस सेन्टर बाराका अध्यक्ष रञ्जन यादवको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा उपाध्यक्ष प्रियंका कुमारी सोनीको रहेको थियो भने सञ्चालन सचिव प्रदिप गौतमको रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु