२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

डिभिजन वन बाराद्वारा सालको गोलियासहित पिकअप भ्यान नियन्त्रणमा

२०७९ चैत्र २२, बुधबार मा प्रकाशित ( साल अघि) २८० पाठक संख्या

सीता अधिकारी
सिमरा, २२ चैतः डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले काठको गोलियासहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालय बाराको सामुदायिक वन क्षेत्रबाट करिब एक सय क्यूफिट काठसहित बा ५ च ५६९६ नं को पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।
गस्ती टोलीले नीजगढ नगरपालिका वडा नं. १ धन्सार छेउबाट सिँगोल जाने बाटोबाट बुधबार बिहान करिब ३ः३० बजेको समयमा ५ थान साल जातको गोलिया काठ बरामद गरिएको डिभिजन वन कार्यालय बाराका सहायक वनअधिकृत जवाहर कुर्मीले जानकारी दिनुभयो । काठ तस्कारहरुले वन गस्ती टोलीलाई देखेपछि गाडी र काठ छोडेर फरार भएको कुर्मीले जानकारी दिनुभयो । उहाका अनुसार रातीको समय र घना जङ्गलको फाईदा उठाउँदै तस्कर भाग्न सफल भएपनि उनीहरुको खोजी कार्य जारी छ ।

काठसहित बरामद भएको पिकअप गाडीको अगाडिपट्टीको नम्बर प्लेट फालेको र पछाडिको नम्बर प्लेट कोरेर मेट्ने प्रयास गरिएको छ ।तर गाडीे कस्को हो भन्ने बारे र काठ तस्करबारे खोजी कार्य भैरहेको कार्यालयका सहायक वन अधिकृत कुर्मीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु