२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल नेत्रहिन सँघ मधेश प्रदेशको चौथो वार्षिक सभा तथा दोस्रो अधिवेशन सिमरामा सम्पन्न,

२०७९ चैत्र २६, आईतबार मा प्रकाशित ( साल अघि) २३८ पाठक संख्या

सीता अधिकारी
सिमरा, २६ चैतः नेपाल नेत्रहिन सँघ मधेश प्रदेशको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आइतबार सिमरामा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्य समितिको एक जना दलित महिला सदस्य भने कार्यसमितिले मनोनयन गर्ने सहमति भएका छ ।
समितिको उपाध्यक्षमा हरिप्रसाद मिश्र, महासचिव शिवप्रसाद चापागाईँ, सचिव राजिवकुमार साह, कोषाध्यक्ष चन्दा कुमारी खतिवडा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा तारा शिवाकोटी, सर्वजित झा, परमदुलारी ठाकुर, प्रिती कुमारी, चन्देश्वर महतो रहनुभएको छ ।

1681054876099
अध्यक्ष पदका लागि मतदान
कार्य समितिको अध्यक्षमा मतदान प्रक्रियाबाट अध्यक्ष निर्वाचित भएपनि अन्य पदाधिकारी र सदस्य भने निर्विरोध चयन भएका थिए । अध्यक्ष पदका प्रत्यासी लक्ष्मेश्वर महतो र गणेशबहादुर श्रेष्ठबिच प्रतिष्पर्धा हुँदा गणेश बहादुर श्रेष्ठले निर्वाचनमा विजयी हुनुभयो । मधेश प्रदेशका ६ जिल्लाको ४० प्रतिनिधिहरुमध्ये ३८ जना उपस्थित रहेका थिए । जसमा मतदान प्रक्रिया हुँदा गणेशबहादुरले २१ मत र अध्यक्षका अर्का उम्मेद्वार लक्ष्मेश्वर महतोले १७ मत प्राप्त गर्नु भएको थियो ।

1681054830130
निर्वाचनपछि निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक खामराज शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
उद्घाटन कार्यक्रम
नेपाल नेत्रहिन सँघ मधेश प्रदेशको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन बाराको जीतपुर सिमरा उपमहानगर पालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । मधेश प्रदेशका अध्यक्ष विरेन्द्र महतोको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रहिन सँघ केन्दीय समितिका सदस्य खोमराज आचार्य, नेपाल अपांग महासँघ बाराका अध्यक्ष गंगा वाग्लेलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु