२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान

२०७९ चैत्र ३०, बिहिबार मा प्रकाशित ( साल अघि) २६१ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३० चैतः स्थापनाको छोटो समयमा नै आफ्नो उत्कृष्ट कार्य देखाउन सफल सिमराको साना किसान कृषि सहकारी संस्थाले नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाले सहकारी तथा सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुको उन्नति, प्रगति र सम्वृद्धिको कामना गर्दै विहीबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

1681392299612
साना किसान सहकारी संस्था सिमरामा हाल एक हजार दुई सय महिला सेयर सदस्य र ६ सय पुरुष सदस्य गरी जम्मा १ हजार ८ सय सदस्य आवद्ध रहेको संस्थाका अध्यक्ष कमला कुमारी रिमालले जानकारी दिनुभयो । कार्यक्रममा साना किसान लघुवित्त वितीय संस्थाका पुष्पराज मैनालीले अरु सहकारीभन्दा साना किसान सहकारी समूहमा आबद्ध हुने हुनाले यो सहकारी डुब्ने जोखिम कम हुने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी उपेन्द्र ठाकुर, शारदा पोख्रेल, संस्थाका सञ्चालक मिरा पुरी लगायतले शुभकाामना मन्तव्य राख्नुभएको थियो । संस्थाका प्रबन्धक कुलोत्तम पोख्रेलको सञ्चालन रहेको कार्यक्रममा सञ्चालक श्यामा सापकोटाको स्वागत रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु