२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उद्योगमन्त्री रिजालद्वारा अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अवलोकन निरीक्षण, निगमका कर्मचारीबाट स्वागत

२०८० बैशाख ७, बिहिबार मा प्रकाशित ( साल अघि) १३३८ पाठक संख्या

सीता अधिकारी
सिमरा, ७ बैशाखः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आयल निगम अमलेखञ्जको अवलोकन निरीक्षण गर्दै निगमका हितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री रिजालले बुधबार निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोको स्थलगत अवलोकन निरीक्षण गर्दै सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

Received_901118881190838
अवलोकन निरीक्षणका क्रममा मन्त्री रिजालले डिपो तथा वर्तमान अवस्थामा संचालनमा रहेको पाईपलाईनको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) लगायत पाईपलाईनको दोस्रो चरणको निर्माण स्थलको अवलोकन गर्दै अहोरात्र खटेर काम गरिरहेका निगमका कर्मचारीहरुलाई अझ उच्च मनोबलका साथ कार्य गर्न निर्देशनसमेत दिनुभयो ।
मन्त्री रिजालले साथै डिपो परिसरमा वृक्षारोपणसमेत गर्नु भएको थियो ।

Received_1545621662631863

निरीक्षणका क्रममा पुग्नु भएका मन्त्री रिजाललाई निगमका कार्यकारी निर्देशक ई.उमेश प्रसाद थानीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रादेशिक कार्यालयका कर्मचारीहरुको समेत स्वागत तथा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निगमका मधेश प्रदेश प्रमुख बिनित मणि उपाध्यायले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु