२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरमा रहेको स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिने उपमहानगरको निर्णय

२०८० बैशाख ९, शनिबार मा प्रकाशित ( साल अघि) ७०१ पाठक संख्या

सीता अधिकारी
सिमरा, ९ बैशाखः बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले वडा नं ७ जीतपुरमा रहेको स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने भएको छ । जीतपुरसिमरा उपमहानगर पालिकाको सातौँ नगर सभाको निर्णयबाट स्वास्थ्य चौकीलाई मेडिकल अधिकृत सहितको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्न लागेको हो । यसैगरी नगरको २४ वडामा एच ए( हेल्थ असिस्टेण्ट) सहितको सेवा उपलब्ध गराइने बताइएको छ ।
नगरभरि स्वास्थ्य चौकी सातवटा रहने निर्णय गरिएको छ । वडा नं २१ को अमलेखगञ्ज, वडा नं १० को नितनपुर, वडा नं २४ को हरपुर, वडा नं १७ को जैतापुर, वडा नं १६ को सखुवाघाट, वडा नं १२ को फत्तेपुर र वडा नं १९ को इनर्वासिरामा स्वास्थ्य चौकी रहने बताइएको छ । त्यसैगरी नगरको १५ स्थान पथलैया, बजनी, औराहा, बकुलिया, नगौल, लोसण्डा, छातापिपरा, अमाडार, पोता, रजघटट्टा टाँगियावस्ती, उचिडी, बसडिलुवा,चकरी र भलुहीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहने जनाइएको छ ।
यसअघि नगर अस्पताल सिमरा र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमरवानामा पनि मेडिकल अधिकृत सहितको स्वास्थ्य सेवा उपलब्ध गराइँदै आइएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु