२०८२ अषाढ १८, बुधबार
नयाँ
पछिला अपडेट

महावीर पुनको नेतृत्वमा जारी आन्दोलनको ऐक्यवद्धता जनाउँदै बारा सिमरामा पनि प्रदर्शन

२०८० बैशाख १७, आईतबार मा प्रकाशित ( साल अघि) ५२३ पाठक संख्या

 

सीता अधिकारी
सिमरा, १७ बैशाखः राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै बाराको सिमराका युवाले आइतबार पनि प्रदर्शन गरेका छन् ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघरको सडकमा धर्नामा बस्नुभएका पुनको आन्दोलनमा समर्थन र ऐक्यवद्धता जनाउँदै युवाले प्रदर्शन गरेका हुन् ।
स्थानीय युवाले सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सम्बोधन गर्न माग गरेका छन् । शनिबारदेखि सिमरामा युवाले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । उनीहरुले दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्दै आएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु