२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसद्वारा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञानसम्बन्धी नौवटा तालिम सम्पन्न

२०८० बैशाख १७, आईतबार मा प्रकाशित ( साल अघि) ३६२ पाठक संख्या

सीता अधिकारी
सिमरा, १७ बैशाखः बाराको उत्कृष्ट सहकारी सिमरा महिला साकोसले वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञानसम्बन्धी नौवटा तालिम सम्पन्न गरेको छ । प्रति तालिम तीन दिनसम्म सञ्चालन गरी हालसम्म ९ वटा तालिम संस्थाले सम्पन्न गरेको हो ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ( समृद्धि) को सहयोगमा सञ्चालन भएको एउटा तालिममा सहकारी संस्थामा आबद्ध १५ जना शेयर सदस्य र अन्य १० जना गरी २५ जनाको सहभागिता रहेको थियो । हालसम्म यस तालिमबाट २ सय २५ जना लाभान्वित भएको संस्थाका सचिव भिमादेवी शर्माले जानकारी दिनुभयो ।
लागतको ७५ प्रतिशत समृद्धि संस्थाको र आयोजक संस्थाको २५ प्रतिशत लगानीमा तालिमको आयोजना गरिएको कोषाध्यक्ष गीता शर्माले बताउनुभयो । महिलाहरुलाई आर्थिक ज्ञान दिन र ऋण लिइसकेपछि कसरी त्यसलाई व्यवसायमा लगाउन सकिन्छ भन्ने बारेमा चेतना जगाउन तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष अनिता लम्सालले जानकारी दिनुभयो ।
तालिम संस्थाको कार्यक्षेत्रभित्र १० वटा सञ्चालन गर्ने लक्ष्यअनुसार हालसम्म ९ वटा सम्पन्न गरिसकेको संस्थाले जनाएको छ । तालिम सञ्चालनका दौरानमा महिला दिदी बहिनीहरुको चासो र सक्रियताले आफूहरुलाई उत्साहित बनाएको तालिमका प्रशिक्षक मुना खरेलले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु