२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम सञ्चालन

२०८० बैशाख १८, सोमबार मा प्रकाशित ( साल अघि) ६८९ पाठक संख्या

सीता अधिकारी
सिमरा, १८ बैशाखः वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी कर्मचारीहरुलाई सुसूचित गर्नका लागि ५ दिने तालिम सञ्चालन गरिएको छ । डीभीजन वन कार्यालय बारा सिमराको आयोजनामा सोमबारबाट तालिम सञ्चालन गरिएको हो ।
डीभीजन वन कार्यालय बाराका प्रशासन अधिकृत नवीन श्रीवास्तवका अनुसार तालिममा वन ऐन २०७६ तथा वन नियमावली २०७९ बारे संक्षिप्त जानकारी, रुखबाट काठ दाउराको मूल्यांकन गर्ने वन नियमावली २०७९ को प्रक्रियाहरु, गोलिया चिरान काठ तथा दाउराको आयतन निकाल्ने तरिका, मुलुकी अपराध आचारसहिंता २०७४सम्बन्धी जानकारी दिइनेछ । त्यस्तैगरी वन अपराधसम्बन्धी मुद्धासम्बन्धी विभिन्न विषयहरु, मानव वन्यजन्तु द्वन्द्व परिभाषा, कारण, इतिहास, मानव वन्यजन्तु द्वन्द्वबाट हुने घटनाहरु, द्वन्द् न्यूनीकरणका उपायहरुका बारेमा जानकारी गराइनेछ ।
यस्तै अन्तराष्ट्रिय तथा नेपालमा भैरहेका प्रयासहरु, मानव वन्यजन्तु द्वन्द्वबाट हुने क्षतिको राहतका प्रकारहरु र राहत उपलब्ध गराउँदा अप्नाइने प्रक्रियाहरुका बारेमा जानकार िदिने बताइएको छ । घाइते तथा बच्चा वन्यजन्तुको उद्धार कार्य, विषालु सर्पबारे जानकारी, सर्पको उद्धार, व्यवस्थापन तथा विष लाग्न नदिन गरिने उपायहरुका बारेमा जानकारी दिइने डीभीजन वन का प्रशासन अधिकृत श्रीवास्तवले जानकारी दिनुभयो ।
तालिमममा डीभीजन वन कार्यालय बारा, सव डीभीजन वन कार्यालयहरुका सहायक वन अधिकृत एवं कर्मचारीहरु तथा वन तथा वन्यजन्तु संरक्षणमा चासो राख्ने सरोकारवालाहरुको सहभागिता रहेको बताइएको छ ।डीभीजन वन कार्यालयको आफ्नो वार्षिक कार्यक्रम अन्तरगत नै यो तालिमको आयोजना गरिएको कार्यालयका सहायक वन अधिकृत जवाहर कुर्मीले बताउनुभयो ।

1682928861279

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु