२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

शेयर कारोवारका लागि सिमराबाट पनि सुन्धारा सेक्युरिटिजको सेवा शुभारम्भ

२०८० बैशाख २५, सोमबार मा प्रकाशित ( साल अघि) ७१२ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ः दोस्रो बजारमा हुने सम्पूर्ण सेयरको कारोवारका लागि सुन्धारा सेक्युरिटिज लिमिटेडले सिमराबाट पनि सेवा शुभारम्भ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरा बजारमा आफ्नो शाखा विस्तार गरी सोमबारबाट सेवा शुभारम्भ गरेको हो ।
सुन्धारा सेक्युरिटिज लिमिटेड सिमरा शाखाका अधिकृत श्रीरामकुमार उपाध्यायका अनुसार लगानीकर्ताले कमााएको पैसालाई लगानी गर्नुपर्छ भन्ने उदेश्यले र लगानीकर्तामा उत्साह जगाउनकै लागि संस्था सिमरामा स्थापना गरिएको हो ।

1683535318826

त्यस्तै उहाँले सिमरा आर्थिक नगरी भएकोले पनि यहाँका व्यवसायीलाई लगानी गर्नमा सहज होस भन्ने उद्देश्यले पनि आफूहरुले सेवा प्रारम्भ गरिएको अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।
संस्थाले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको शेयर खरिद विक्री कार्य गर्ने, निक्षेप सदस्य अर्थात डिम्याट खातासम्बन्धी सम्पूर्ण कार्य गर्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु