२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

लामो समयदेखि सिमराचोकको सडकमै दैनिकी गुजार्दै आएकी एक महिलाको उद्धार

२०८० बैशाख २९, शुक्रबार मा प्रकाशित ( साल अघि) ७६५ पाठक संख्या

राजमणि बराल
सिमरा, २९ बैशाखः सिमराचोकको सडकमै दैनिकी गुजार्दै आएकी एक महिलाको जीतपुरसिमराका मेयर राजन पौडेलको सक्रियतामा शुक्रबार उद्धार गरिएको छ । विगत लामो समयदेखि बाराको जीतपुरसिमरा उपमहानगरपलिका वडा नं २ स्थित सिमरा चोकको सडकमै बस्दै आएकी दिपिका नाम गरेकी ती महिलालाई मेयर पौडेलको सक्रियतामा उद्धार गरी मानव समाज कल्याण सेवा घर नीजगढमा पठाइएको हो ।

Received_1694030174388782
उद्धारको लागि सामाजिक अभियन्ता रविराज दंगालले समन्वय गर्नुभएको थियो । उद्धारकार्यमा संस्थाका अभियन्ता साथै स्थानीय सामाजिक व्यक्तित्व छवी शर्मा, हरि थपलिया, रवीन्द्र खकुरेल, रामचन्द्र लामा, राजदास श्रेष्ठ, सञ्चारकर्मी बिदुर खड्कालगायतको उपस्थिति रहेको थियो । मेयर राजन पौडेलका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका २४ वटै वडामा यस्ता बेवारिसे सडक मानवहरु  देखे वा भेटेमा नगरले संस्थासँग समन्वय गरी उद्धार गर्नेछ ।

मानव समाज कल्याण सेवा घर नीजगढमा रहेको उक्त संस्थामा सडकमा वेवारिसे अवस्थामा रहेका असहाय, अशक्त, अपांग, मनोरोगीजस्ता व्यक्तिहरुलाई संरक्षण गरिने संस्थाका  अभियन्ता दिलिप खड्काले जानकारी दिनुभयो ।संस्थाका  अभियन्ता खड्काले देशभर मानव समाज कल्याण सेवा घरको नीजगढलगायत ६ वटा शाखा स्थापना गरेको बताउनुभयो । उहाँले निजगढ शाखामा हाल सडकबाट उद्धार गरिएका २० जना व्यक्तिहरु रहेको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु