२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गत आ. वको तुलनामा यस आ. वमा घट्यो पेट्रोलियम पदार्थको आयात

२०८० जेष्ठ १७, बुधबार मा प्रकाशित ( साल अघि) २०४ पाठक संख्या

सयपत्री सम्वाददाता
सिमरा, १७ जेठः गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलियम पदार्थको आयात घटेको आयाल निगम अमलेखगञ्जले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म पेट्रोलमा ९ प्रतिशत, डिजलमा २५ प्रतिशत र मट्टीतेलमा ३४ प्रतिशतले आयात कम भएको
नेपाल आयाल निगम प्रादेशिक डिपो अमलेखगञ्जले जनाएको हो ।
डिपोका अनुसार हवाई ईन्धनमा भने १३ प्रतिशतले आयात वृद्धि भएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म ६ लाख १४ हजार ४६८ किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५ लाख ५७ हजार ८६४ किलोलिटर मात्रै पेट्रोल आयात भएको कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी डिजेलको हकमा पनि गत आर्थिक वर्षको वैशाखसम्म १४ लाख ५२ हजार ६४७ किलोलिटर आयात भएकोमा चालु आर्थिक वर्षको १० महिनामा १० लाख ९० हजार २६८ किलोलिटर आयात भएको निगमले जनाएको छ ।
नेपाल सरकारले आयात गर्ने वस्तुको सूचीमा सबैभन्दा माथि डिजेल, पेट्रोल र एलपीजी ग्याँस छ । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत २०७६ भदौदेखि पाईपलाइनबाट डिजल आयात हुँदै आएको छ भने भारतको बरौनीबाट ट््याङ्करको माध्यमले पेट्रोलको ढुवानी हुने गर्दछ ।
देशभर खपत हुने पेट्रोलियम पदार्थ वीरगञ्ज भन्सारमार्फत आउने गर्दछ । प्रादेशिक डिपो अम्लेखगञ्जबाट देशभरका पेट्रोल पम्पका लागि दैनिक ३ सयदेखि ३५० ट्याङ्कर इन्धन भरेर बाहिरिने गर्दछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु