२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बकुलियामा आयोजित एकदिने मातृभाषा शिक्षा प्रवर्द्धन कार्यक्रम सम्पन्न

२०८० जेष्ठ १८, बिहिबार मा प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

सिमरा, १७ जेठः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले एक दिने मातृभाषा शिक्षा प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ । भाषा आयोग शंखमूल काठमाडौँको सहकार्यमा बुधबार बकुलियामा उपमहानगरले एक दिने कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयको आधारभूत तहमा मातृभाषामा शिक्षा दिनुपर्ने भन्ने कुराको जागरण ल्याउनका लागि उपमहानगरले उक्त कार्यक्रमको आयोजना गरेको हो । भाषा आयोग सदस्य गोपाल अस्कले नेपालमा बहुभाषी शिक्षा अभ्यासका बारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा सहभागीका जिज्ञासलाई भाषा आयोगका अध्यक्ष र सदस्यले उत्तर दिनुभएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, सदस्य गोपाल अस्क, नगर उपप्रमुख भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नेकपा माओवादीका अनिल श्रेष्ठ, बुद्धिजीवी हसिबु रहमानको उपस्थिति रहेको थियो । लोटस एकेडेमी सिमराका प्रधानाध्यापक रामप्रसाद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगरका शिक्षा शाखा प्रमुख शिवजी साहले गर्नुभएको कार्यक्रममा सहभागी शिक्षक रामप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु