२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

डुमरवानामा सुरु भयो २५ दिने ब्यूटीसीयन तालिम

२०८० जेष्ठ १८, बिहिबार मा प्रकाशित ( साल अघि) ३७५ पाठक संख्या

सीता अधिकारी
सिमरा, १८ः बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा बिहीबारदेखि सिपमूलक ब्यूटीसीयन तालिमको आयोजना भएको छ । मधेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत हाम्रो समाज जागरण अभियानले तालिमको आयोजना गरेको हो ।

२५ दिन संचालन हुने तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउन सिपमूलक प्रशिक्षणले मद्यत पुग्ने बताउनुभयो । उहाँले सिप सिकेर त्यसलाई व्यवहारमा उतार्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्वाधार विकास कार्यालय बीरगञ्जका प्रतिनिधि राजकिशोर पण्डितले प्रशिक्षार्थीहरुलाई लगनशील भएर तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य किशोर शर्मा, समाजसेवी अनिल मैनाली, सञ्चारकर्मी विदुर खड्का लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एमाले नेता राजकुमार अर्याल, प्रदेशसभा सदस्य श्रेष्ठका स्वकीय सचिव मोहन लामिछाने, रेडियो सिमराका प्रबन्ध निर्देशक अच्युत पौडेल, महिला नेतृ सीमा ठकुरी, प्रेस चौतारी नेपाल मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारीलगायतको उपस्थिति रहेको थियो ।
हाम्रो समाज जागरण अभियानद्धारा संचालित रेडियो सिमराका निर्देशक एवं तालिमका संयोजकसत्य श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सचिव मनोज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु