राजमणि बराल
सिमरा, २३ जेठः बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षाको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ । मंगलबार नगरले १५ लाख २ हजार २ सय ७५ रुपियाँ खर्च विवरण सार्वजनिक गरेको हो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीद्वारा हस्ताक्षरित विवरणमा परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, परीक्षा अनुगमन खर्चलगायत १२ वटा शीर्षकमा रकम निकासा गरिएको जनाइएको छ । आधारभूत तहको यसरी परीक्षा सम्पन्न भएपछि खर्च विवरण सार्वजनिक गरेको सम्भवत यो पहिलो पटक हो । नगरका शिक्षा अधिकृत हरिश भट्टका अनुसार सम्भवत:आधारभूत तहको परीक्षा खर्च विवरण यसरी सार्वजनिक गर्नेमा देशकै पहिलो पालिका नै जीतपुरसिमरा हो ।
पालिकाभित्र रहेका २८ संस्थागत विद्यालयबाट परीक्षा फाराम दस्तुरबापत उठाइएको करिब ४ लाख रुपियाँ उठेको थियो भने बाँकी खर्च उपमहानगरकै आन्तरिक श्रोतबाट जुटाइएको नगरपालिकाले बताएको छ । हेर्नुहोस् खर्चको विवरणः