सीता अधिकारी
सिमरा, २६ जेठः मधेशमा धार्मिक पर्यटनको सम्भावना रहेको वन वातावरण तथा पर्यटनमन्त्री सुनिता यादवले बताउनुभएको छ । शुक्रबार बाराको सिमरामा आयोजित औधोगिक पर्यटन प्रवर्द्धन कार्यक्रम एवं मधेश सम्मेलनमा बोल्दै मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
मन्त्री यादवले पर्यटन क्षेत्रका कुरा सरकारको नीति तथा कार्यक्रमममा नसमेटिएकामा दुख व्यक्त गर्दै भन्दै दुःख लाग्दो पक्ष भएको बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम निर्माण गर्ने बेलामा यो साल नभएपनि अर्को साल अवस्य पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिगंले मधेशका लागि सबैभन्दा महत्वपूर्ण भनेको कृषि विद्युतीकरण भएको बताउनुभयो हो । कृषकलाई निशुल्क विद्युत वितरण गर्न गाउँपालिका र नगरपालिकासम्म सम्झौता गर्ने कार्य हुन लागेको बताउनुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिंगले विद्युत महसुल भनेको २ रुपियाँ मात्र हुन आउँने र त्यो स्थानीय पालिकाका लागि ठूलो कुरा नभएर निशुल्क जस्तै भएको बताउनुभयो । उहाँले हरेक प्रदेशभित्र विद्युतीकरण भएको घोषण गर्न लागेको र आगामी २ वर्षभित्रमा कर्णाली प्रदेशमा पनि विद्युतीकरण गर्ने लक्ष्य रहेको छ ।
नाटा मधेश प्देशका अध्यक्ष एवं जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन प्रसाद लामिछानेको सभापत्तित्वमा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगर पािलका का नगर प्रमुख राजन पौडेललगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।