२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जका प्रमुख सिंह राष्ट्रिय परिषद् सदस्यमा नियुक्त

२०८० अषाढ ८, शुक्रबार मा प्रकाशित ( साल अघि) २४० पाठक संख्या

 

सिमरा, ८ असारः प्रधानमन्त्रीस्तरीय निर्णयबाट मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जका प्रमुख राजेशमान सिंह राष्ट्रिय परिषद् सदस्यमा नियुक्त हुनु भएको छ । संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न गठित राष्ट्रिय परिषद् सदस्यमा महानगरपालिका प्रमुख सिंह नियुक्त हुनु भएको हो ।

गत जेठ २६ गतेको प्रधानमन्त्रीस्तरीय निर्णयले मधेस प्रदेशबाट वीरगञ्ज महानगरका प्रमुख सिंहलाई सदस्य चयन गरेको हो । पत्रमा भनिएअनुसार प्रमुख सिंहले सरकारका तीनै तहबीचको समन्वय प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास गरिएको छ । हेर्नुहोस् पत्र:

1687531193108

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु