२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

भोलिदेखि सिमरामा हुने दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिताको तयारी पूरा

२०८० अषाढ १०, आईतबार मा प्रकाशित ( साल अघि) ३२० पाठक संख्या

सिमरा, १० असारः बाराको सिमरामा भोलिदेखि सुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो ।

सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किले जानकारी दिनुभयो । अध्यक्ष कार्किले प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउने बताउनुभयो ।

प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहनेछ । सिमरा रंगशालामा रातीको समयमा फ्लड लाईटमा सञ्चालन हुने प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्ने अध्यक्ष कार्किले बताउनुभयो ।

बारा जिल्ला फुटबल संघको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल बारा जिल्ला फुटबल संघ र पर्सा जिल्ला फुटबल संघबिच हुनेछ । दुई टिमबिचको उद्घाटन खेल दिउसो ४ बजेदेखि शुरु हुनेछ । पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याचको ट्रफिसहित विधागत पुरस्कारको समेत व्यवस्था गरिने बताउनुभयो । प्रतियोगिताको ब्रोडकाष्टिङ पार्टनरमा गोल नेपाल डटकम रहेको छ । आयोजकले खेलाडी, रेफ्रि, अफिसियल, आयोजक र दर्शकको लागि ईन्सुरेन्सको समेत व्यवस्था गरेको जनाएको छ । प्रवेश शुल्क निशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुने बताईएको छ ।

रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संसकरण धनुषाको महेन्द्रनगरमा भएको थियो । पहिलो संसकरणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उप बिजेता बारा जिल्ला फुटबल संघ भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मधेश प्रदेश फुटबल संघका बरिष्ठ उपाध्यक्ष विजय गुप्ताले प्रतियोगिताले जीतपुरसिमराको विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो ।

मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले सबै मिलेर प्रतियोगिता सफल बनाउनुपर्ने बताउनुभयो । बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताले यस क्षेत्रको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताउनुभयो । लामाले मधेश प्रदेशस्तरीय खेलको व्यवस्थापन बाराले पाउनु निकै खुसीको विषय भएको बताउनुभयो । मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव विकास शाहले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु