२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

रामनारायण मिश्र फुटबल प्रतियोगिताको उपाधिका लागि बारा र रौतहट भिड्ने

२०८० अषाढ १५, शुक्रबार मा प्रकाशित ( साल अघि) ३४७ पाठक संख्या

 

सिमरा, १५ असारः मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको उपाधिका लागि बारा र रौतहट भिड्ने भएका छन् । सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीलाई पराजित गर्दै रौतहटले बारासंगको भेट पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक भिडन्तमा रौतहटले सर्लाहीलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।टाइब्रेकरमा रौतहटका लागि विपिन थापामगर, अभिषेक चौधरी र किसन गौरोले गोल गरे ।
सर्लाहीका लागि बिकेश घिसिङ र शिव चौलागाईले गोल गर्दा अन्य खेलाडीको प्रहार रौतटहका गोलरक्षक निरज धामीले बचाउ गरे । धामी खेलको म्यान अफ दि म्याच घोषित भए ।

1688101081111

रौतहटले उपाधिका लागि शनिवार बारासँग प्रतिस्पर्धा गर्नेछ । सिरहालाई टाईब्रेकरमा पराजित गर्दै बारा यसअघि नै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । सर्लाहीले भने सिरहासंग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थानका लागि शुक्रवार साँझ दुई टिम भिड्नेछन् ।

मधेस प्रदेश फूटबल संघको आयोजना र बारा जिल्ला फूटबल संघको सहआयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद प्राप्त गर्नेछ । मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु