२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

२० औँ राष्ट्रिय धान दिवस बारामा पनि मनाइँदै

२०८० अषाढ १५, शुक्रबार मा प्रकाशित ( साल अघि) ३१० पाठक संख्या

सीता अधिकारी
सिमरा, १५ असारः आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । धान दिवसको अवसर पारेर सामूहिक रुपमा धान रोपाई गर्दै दही चिउरा खाएर यो दिवस मनाइएको छ ।
दिवसको अवसरमा बारामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाका स्थानीय तह र किसानसँग सम्बन्धित संघसँस्थाले धान दिवसलाई विशेष रुपमा मनाइरहेका छन् । २०औं धान दिवसका लागि यो वर्षको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको छ ।

1688107679657 (1)

तस्विरः सामाजिक सञ्जाल

यसैवीच बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १४ रजघट्टा स्थित जनता माध्यामिक विद्यालय कृषि प्राविधिक शिक्षालयले २० औँ राष्ट्रिय धान दिवस मनाएको छ ।
सो अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले धानलाई बढी सिचाइ चाहिने हुनाले यसपालीको वजेटमा नगरले कृषि सिचाइलाई बढी जोड दिएको बताउनुभयो । उहाँले कृषि विद्युतीकरणमा धेरै बजेट विनियोजन गरेको साथै युवालाई रोजगारी दिनपनि कृषिमा बजेट विनियोजन गर्न जरुरी रहेको उहाँले जिकिर गर्नुभयो ।

Received_548941313938395
धान दिवसकै अवसर पारेर जनता माध्यामिक विद्यालय कृषि प्राविधिक शिक्षालयले विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति लगायतलाई प्रशंसापत्र वितरण गरेको थियो । कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादलगायतको उपस्थिति रहेको थियो ।

कृषिमा आत्मनिर्भर हुन् र किसानको मनोबल उच्च राख्न सरकारले २०६१ मंसिरमा निर्णय गरी २०६२ सालदेखि नेपालमा धान दिवस मनाउन थालेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु