२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगितामा सिराहा तेश्रो

२०८० अषाढ १५, शुक्रबार मा प्रकाशित ( साल अघि) ३९० पाठक संख्या

 

सिमरा, १५ असारः सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको तेश्रो भएको छ । तेश्रो स्थानको लागी आज सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो ।

खेलको म्यान अफ द म्याच सिराहाका अन्जन हमाल घोषित भए । उनलाई मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले नगद २५०० सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।

साबिक बिजेता सर्लाहीलाई पराजित गर्दै सिराहाले नगद २० हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिता अर्न्तगत भोलि फाईनल भिड्न्त हुदैछ । साबिक उप बिजेता बारा र रौतहट जिल्ला फुटबल संघ उपाधीका लागी अन्तिम भिड्न्त गर्दैछन् ।

बारा जिल्ला फुटबल संघ सिराहालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने रौतहटले सर्लाहीलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया पाउनेछन् ।

मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा असार ११ गतेदेखि जारी प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य सहयोगीमा शिक्षा तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेश रहेको छ ।

प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु