२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अपांग सेवा संघ बाराको २१ औँ स्थापना दिवसः विविध कार्यक्रमको आयोजना

२०८० अषाढ २१, बिहिबार मा प्रकाशित ( साल अघि) ३४४ पाठक संख्या

सीता अधिकारी
सिमरा,२१ असारः नेपालअपांग सेवा सँघ बाराले आफ्नो २१ औँ स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा समीक्षात्मक गोष्ठी र पुरस्कार वितरण कार्यक्रमकाो आयोजना गरेको हो ।

1688630408378
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले स्थानीय पालिकाले अपांगताका क्षेत्रमा कार्य गरेको जिकिर गर्नुभयो । उहाँले सबै क्षेत्रमा अपांगता भएका व्यक्तिको सहभागिता हुनुपर्छ भन्दै जीतपुरसिमराले कार्यविधि वनाएको बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं उपमेयर भोला अधिकारीले यसपालीको बजेटले अपांगताको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जिकिर गर्नुभयो । उहाँले बजेटलाई सही ठाउँमा सदुपयोग गर्नका लागि पनि आग्रह गर्नुभयो ।
नेपाल अपांग सेवा सँघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका पूर्व साँसद शोभा लामा, नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्मा, नेकपा माओवादीका नगर अध्यक्ष प्रेम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति सुरेशराज केसी, समाजसेवी नारायणप्रसाद पण्डित, जीतपुर सिमरा उपमहानगरपालिकाका दुर्गा न्यौपाने, अपांग सेवा सँघ बाराका पूर्व अध्यक्ष धनप्रसाद बजगाईँ, समाजसेवी मुकुन्दबहादुर क्षेत्री, नेपाल राष्ट्रिय नमुना मावि सिमराका सहायक प्रधानाध्यापक उमेश चौधरी,अपांग सेवा सँघ बाराका सल्लाहकार धर्म बहादुर श्रेष्ठ, विदुर खड्कालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा दोभाषे कमला चौलागाइँ, सुशिला गौतम, रेखा थापा, टिका पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सुनिलकुमार यादवको रहेको थियो ।

पुरस्कार वितरण
श्रोत कक्षामा अध्ययनरत बहिरा तथा सुस्तश्रवण र बौद्धिक अपांगता भएका बालबालिकाहरुको शैक्षिक सत्र २०७९मा कक्षा १ देखि कक्षा ५ सम्म प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरुलाई पुरस्काार वितरण गरिएको छ । कक्षा ६ सम्म अध्ययन अधयापन हुने उक्त स्रोत कक्षामा सुनाइसम्बन्धी र बौद्धिक अपांगता भएका करिब ३५ जना विदार्थी अध्ययनरत रहेका छन् ।

1688630365856
यसैगरी नेपाल राष्ट्रिय मावि सिमरा मार्फत नेपाल अपांग सँघ बारामा अध्ययनरत बहिरा तथा सुस्तश्रवण र बौद्धिक अपांगता भएका बालबालिकाहरुले कराँते खेलमा भाग लिई उत्कृष्टता प्रदर्शन गरेको भन्दै पुरस्कार वितरण गरिएको थियो । यसरी पुरस्कार प्राप्त गर्नेहरुमा बहिराहरुतर्फ छात्रामा अक्षरा चौधरी प्रथम, अरुणा चौधरी द्वितीय र अम्बिका चौधरी तृतीय भएका थिए । यसैगरी छात्रहरुमा रोहन यादव प्रथम, आमने सहनी द्वितीय र राजकुमार सहनी तृतीय भएका थिए ।
यस्तै बौद्धिक अपांगता भएका तर्फ आशिस राई प्रथम, निशान रिजाल द्वितीय र राजन गुरुग तृतीय भएका थिए । विजेताहरु प्रथम द्वितीय र तृतीयलाई क्रमशः ३ सय, २ सय र १सय का दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

1688630312096

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु