२०८१ आश्विन २७, आईतबार
नयाँ
पछिला अपडेट

सिमरा कलेजको आर्थिकस्तरोन्नतिका लागि जस्तोसुकै सहयोग गर्न तयार छुः किसान

२०८० अषाढ २३, शनिबार मा प्रकाशित ( साल अघि) ४९९ पाठक संख्या

सीता अधिकारी
सिमरा,२३ असारः पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले सिमरा कलेजको आर्थिकस्तरोन्नतिका लागि आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ । सिमरा कलेजको पाचौँ कलेज सभालाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित संघीय साँसद श्रेष्ठले कलेजलाई क्यूएए प्राप्तिका लागि आर्थिक, भौतिक तथा प्रशासनिक रुपमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

1688819178775
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले उपमहानगरले नगरसभाबाट कलेजका लागि रकम छुट्याएको बताउँदै समयअनुसारको शिक्षा, विद्यार्थीको चाहनाअनुसारको विषयवस्तु ल्याएर व्यवहारिक शिक्षामा  जोड दिने हो भने सामुदायिक कलेज सञ्चालन गर्न समस्या नहुने औँल्याउनुभयो ।

1688819238961

कार्यक्रममा उपप्रमुख भोला अधिकारीले स्थानीय सरकार सामुदायिक कलेजको विकासका लागि जुटिरहेको बताउनुभयो ।
कलेज सञ्चलन समितिका अध्यक्ष अच्युतप्रसाद सिटौलाका सभाध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा डुमरवाना कलेजका कलेज प्रमुख राधेश्याम शिवाकोटी, वडा नं २ का वडाध्यक्ष धनबहादुर क्षेष्ठ, वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की, सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेन, नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्मा, नेकपा एमालेका नगर पार्टी प्रतिनिधि रवीन्द्र खकुरेल, नेकपा माओवादीका नगर अध्यक्ष प्रेम बराल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल, सूर्य नेपाल प्रालिका सेक्युरिटी म्यानेजर यज्ञबहादुर आलेलगायतले कलेजको शैेक्षिक आर्थिक र भौतिक व्यवस्थापनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाो थियो ।
कार्यक्रममा सिमरा कलेजका सञ्चालन समितिका पूर्व अध्यक्ष मदनबहादुर क्षेत्री, वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, समाजसेवी दिनेश राई, माधव त्रिपाठी, कलेज सञ्चालन समिति पदाधिकारी, कलेज सभासदस्य, कलेजका अध्यापक, कर्मचारी विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कलेजप्रमुख शालिकराम अधिकारीले कलेजको गतिविधि र भावि योजना प्रस्तुत गर्नुभएको थियो भने कलेज सञ्चालक समितिका सदस्य गीता शर्माले स्वागत गर्नुभएको थियो ।

वडा नं ३ ले आर्थिक सहयोग गर्ने

1688823953186
मधेश प्रदेशमा गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र मर्यादित परीक्षा प्रणाली भएको सिमरा कलेजको गुणस्तरीय शिक्षा, कलेज सञ्चालन र व्यवस्थापनका लागि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ ले ३ देखि ५ लाख सम्म आर्थिक सहयोग गर्ने वडाअध्यक्ष ताराबहादुर कार्कीले वचनवद्धता व्यक्त गर्नुभयो । उहाँले कलेजको समस्यालाई समाधान गर्न पछि नहट्ने प्रतिबद्धता जनाउनुभयो ।

बधाइ तथा सम्मानपत्र प्रदान
कलेजका तर्फबाट बारा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका माननीय कृष्णकुमार श्रेष्ठ किसानलाई बधाइ पत्र प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई कलेजको अक्षयकोषका लागि २० लाख रुपिया सहयोग गरेको भन्दै सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरी चार वर्षे स्नातक तहको शिक्षा संकाय र व्यवस्थापन संकायमा उत्कृष्ट नतीजा ल्याएर कलेज प्रथम हुने छात्रहरुलाई नगद पुरस्कारसहित सम्मानपत्रले सम्मानित गरिएको थियो ।

168882396662116888241908191688824783168

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु