२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको सह्रानीय कार्यः अवकाशप्राप्त र बढुवा भएका शिक्षकलाई पहिलोपटक सम्मान

२०८० अषाढ २७, बुधबार मा प्रकाशित ( साल अघि) ७१८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ असारः जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो पटक शिक्षक सम्मान कार्यक्रमको आयोजना गरेको छ । उपमहानगरपालिकाले आफ्नो क्षेत्रका अवकाश भएका तथा बढुवा भएका शिक्षकलाई पहिलो पटक सम्मान हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार एक कार्यक्रमकाबिच २०७९/८० मा अवकाश भएका तथा वढुवा भएका शिक्षकलाई सम्मान गरेको हो । शिक्षकहरूको मनोबल बढाउन उपमहानगरले सम्मान कार्यक्रमको आयोजना गर्दै सम्मान स्वरूप प्रमाणपत्रसहित दोसल्ला ओढाएर तथा डायरी कलम दिएर सम्मान गरेको थियो । उपमहानगरले ७ जना अवकाशप्राप्त शिक्षक र १४ जना वढुवा भएका शिक्षकहरूलाई सम्मान गरेको शिक्षा, युवा तथा खेलकुद महाशाखा जीतपुरसिमराका प्रमुख शिवजी प्रसादले बताउनुभयो ।

1689181825806

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले अवकाशप्राप्त शिक्षकहरूलाई सुखद जीवनको कामना गर्दै वढुवा भएका शिक्षकहरूलाई झन इमान्दार भएर शिक्षण पेशामा अगाडि बढ्न र जीतपुरसिमरा भित्र गुणस्तरीय शिक्षा र मर्यादित परीक्षा प्रणालीमा थप सुधार ल्याउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बढुवा भएका शिक्षकहरुका तर्फबाट माध्यमिक तह दितीय श्रेणीका शिक्षक सीता अधिकारी, अवकाश प्राप्त शिक्षकका तर्फबाट गणेशप्रसाद पौडेल, नगर शिक्षा समिति सदस्य एवं नेरा नमुना मावि सिमराका प्रधानाध्यापक शंकरकुमार आचार्यले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा महाशाखाका कर्मचारी खुलप्रसाद गौमले गर्नुभएको थियो ।

1689181638004

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु