२०८१ मंसिर १९, बुधबार
नयाँ
पछिला अपडेट

नगरकै जेठो विद्यालय फकिरा गिरी राजेश्वर गिरी मा विमा छात्रवृत्ति रकम वितरण

२०८० अषाढ २८, बिहिबार मा प्रकाशित ( साल अघि) ३४२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २८ असार ः नगरकै सबैभन्दा जेठो विद्यालय फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा छात्रवृति रकम वितरण गरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ मा रहेको उक्त विद्यालयलयले विहीवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई छात्रवृतिको रकम वितरण गरेको हो ।।
कक्षा १ देखि ८ सम्म अध्यनरत सम्पूर्ण छात्रा र कक्षा १ दखि १० सम्मका दलित छात्रहरुलाई ४०० का दरले छात्रवृति रकम वितरण गरिएको विद्यालयका प्रधानध्यापक राजुकुमार सिंहले बताउनु भयो । नेपाल सरकारबाट प्राप्त छात्रवृति रकमबाट दलित छात्रलगायत कक्षा ८ सम्मका सम्पूर्ण जेहेन्दार छात्रालाई छात्रवृति उपलब्ध गराईएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जीतपुरसिमरा उपमहानगरपालिका वडा न७ का वडाध्यक्ष सुनिल कुमार गुप्ता लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले संयुक्त रुपमा छात्रवृतिको रकम बिद्यार्थीहरुलाई प्रदान गर्नुभएको थियो ।
छाक्रवृति रकम वितरण कार्यत्रममा वडासदस्य नुरहुल्ला अनसारी, बिद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक अभिभाावक संघका अध्यक्ष अफताब आलम ,विन्देश्वरी प्रसाद साह, अफरोज अन्सारी, रमेश सहनी, ललिता देवी लगायत विद्यालयका शिक्षकशिक्षिका, कर्मचारी, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

1689233964310

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु