२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपालकै पहिलो र एकमात्र टाइल्स कम्पनी सेरामिकमा अन्तरक्रिया कार्यक्रमको आयोजना

२०८० अषाढ ३०, शनिबार मा प्रकाशित ( साल अघि) ४९४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३० असारः ‘आफ्नै माटो–आफ्नै शान’ भन्ने मूल नाराका साथ स्थापना भएको नेपालकै पहिलो र एकमात्र टाइल्स कम्पनी सेरामिक इन्ड्रस्ट्रिज प्रा लिले शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बाराको जीतपुर सिमरा उपमहानगर पालिकाको वडा नं ८ स्थित रमौलीमा स्थापित नेपोटिभ टाइल्स कम्पनीले टाइल्स उत्पादनका बारेमा जानकारी दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

1689424937243
नेपालको माटो टाइल्स बनाउनका लागि उपयुक्त रहेको कम्पनीका अध्यक्ष शम्भुनाथ झाले बताउनुभयो । उहाँले अहिले नेपालको माटो ५० प्रतिशत र विदेशी माटो ५० प्रतिशत ल्याएर टाइल्स निर्माण गरेको जानकारी दिनुभयो । अध्यक्ष झाका अनुसार आउँदा दिनहरुमा ९० प्रतिशत माटो नेपालकै प्रयोग गरेर टाइल्स बनाइनेछ ।
स्वदेशकै कच्चा पदार्थको पहिचान गरी देशवासीलाई उचित मूल्यमा विश्वस्तरीय टाईल्स उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीका अध्यक्ष झाको धारणा थियो । उहाँका अनुसार नेपालको माटोबाट बनेका टाइल्सलाई विश्वमा विकाउने र आयआर्जनको बाटो खोल्ने पनि उद्देश्य रहेको छ ।साथै नेपालमै उद्योग स्थापना गरेर युवा पुस्तालाई स्वदेश मै काम गराउन सकिने, स्वदेशी पैसा स्वदेश मै रहने उहाँले बताउनुभयो ।

1689433718226

कार्यक्रममा कम्पनीका डाइरेक्टर विभा झाले कम्पनीमा महिलामैत्री वातावरणको निर्माण गरिने बताउनुभयो । साथै उहाँले वातावरण संरक्षणलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम पनि गरेको, नेपालको मौलिक कला र संस्कृतिको संरक्षणका क्षेत्रमा पनि काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

1689425079122
कम्पनीका प्रबन्ध निर्देशक मनोज रौनियारले टाइल्स निर्माणका लागि देशभर नै कच्चा पदार्थका लागि सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको पहिचान गरेको दाबी गरे ।आयातित टाइल्सको प्रभुत्व रहेको बजारमा स्वदेशी टाइल्सको बजार बढाउँदै आयातलाई कम गरी अर्थतन्त्रको सुधारमा टेवापु–याउने कम्पनीको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

1689425145866

तीन सय जनालाई रोजगारी
जीतपुरमा स्थापना भएको नेपालकै पहिलो र एकमात्र टाइल्स कम्पनी सेरामिक इन्ड्रस्ट्रिज प्रा लिमा ३ सय जनाले रोजगारी पाएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ८ रमौलीमा २०७९मा स्थापना भएको टाइल्स कम्पनीले ५० जना प्राविधिक सहित २सय ५० जना अप्राविधिक क्षेत्रका कामदारलाई रोजगारी दिएको हो ।

1689425003757

कामदार सामाजिक सुरक्षाकोषमा जोडिएको
टाइल्स कम्पनी सेरामिक इन्ड्रस्ट्रिज प्रा लिमा काम गर्ने कामदारहरुलाई सामाजिक सुरक्षाकोषमा आवद्ध गराइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज रौनियारले बताउनुभयो । कम्पनीमा मनोज पुरी रोजगार सेवा प्रा लि लगायतबाट पनि कामदार उपलब्ध गराइएको छ ।

बिना रसायन माटोबाट टाइल्स बनाइने हुँदा वातावरणीय प्रदुषण न्यून
५ विघा १२ कठ्ठा क्षेत्रफलभित्र रहेको उद्योगको स्थापना २ सय करोडको लगानीमा रहेको कम्पनीका अध्यक्ष शम्भुनाथ झाले बताउनुभयो । उहाँले कम्पनी जहिले पनि प्रदुषण नियन्त्रणका लागि सचेत रहेको बताउनुभयो । अध्यक्ष झाले वस्तीभन्दा टाढा उद्योग रहेको उद्योग भित्र काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाप्रति पनि आफू सचेत रहेको जिकिर गर्नुभयो । उहाँले विना रसायन माटोबाट टाइल्स निर्माण गरिने हुनाले मानव स्वास्थ्य तथा वातावरणमा यसको असर कम पर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता लगायत सुरक्षा निकायका प्रमुख एवम् उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु