२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेरा नमुना मावि सिमराले कक्षा ११ को नयाँ भर्नाको लागि लियो प्रवेश परीक्षा, नतीजालाई गुणात्मक बनाउन हरसम्भव प्रयास गरेको प्रअ आचार्यको भनाइ

२०८० श्रावण ३, बुधबार मा प्रकाशित ( साल अघि) ६०४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३ साउनः नेपाल राष्ट्रिय नमुना मावि सिमराले कक्षा ११ को नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिएको छ । गुणस्तरीय सिकाइ र शिक्षाका लागि विद्यालयले प्रवेश परीक्षा लिएको हो ।
बुधबार विद्यालयमा लिएको प्रवेश परीक्षामा २ सय ४७ जनाले सहभागिता जनाएकोमा एक सय ७६ जना मात्र उत्तीर्ण हुन सफल भएका छन् । ७ जनालाई वेटिंग लिस्टमा राखिएको विद्यालयले जनाएको छ ।

IMG_20230719_071050
अनुत्तीर्ण भएका विद्यार्थीले एकपटकका लागि मौका परीक्षा दिन पाउनेछन् । यदी त्यसमा पनि अनुत्तीण भएमा विद्यालयमा भर्ना हुन पाउने छैनन् । मध्य तराइमै छुट्टै पहिचान बनाउन सफल भएको यस विद्यालयले आधुनिक विज्ञान प्रयोगशालासहित व्यवस्थापन संकायमा आधुनिक कम्प्यूटर प्रयोगशालासहित सैद्धान्तिक र प्रयोगात्मक शिक्षा दिँदै आएको छ ।
हाल विद्यालयमा विज्ञान, मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ । प्रवेश परीक्षका सम्वन्धमा विद्यालयका प्रधानाध्यापक शंकर आचार्य भन्नुहुन्छ, ‘हाम्रो विद्यालय सामुदायिक भएकोले सबै खाले विदार्थीहरु भर्ना गर्नुपर्ने बाध्यता छ तर यसपटक हामीले लिएको प्रवेश परीक्षामा धेरै विद्यार्थीहरु अनुत्तीर्ण भएका छन् ।

IMG 20230719 WA0003
प्रधानाध्यापक आचार्यले विगतका नतीजालाई हेर्दा विद्यालयमा भर्ना भएका धेरै विद्यार्थीहरुले उच्च शिक्षाको लागि महत्वपूर्ण स्थान पाएका छन् र विद्यालयले अझ नतीजालाई गुणात्मक बनाउनका लागि हरसम्भव प्रयास गरिएको बताउनुभयो । उहाँ हाल विद्यालयमा विद्यार्थीको आकर्षण पनि बढ्दै गएको र आउँदो दिनमा अझ राम्रो बनाउने प्रयासमा रहेको समेत दावी गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु