२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

टेलिकमले सेवामा गुणस्तरीयता कायम गर्नुपर्ने संचार तथा सूचना प्रविधिमन्त्री शर्माको भनाइ

२०८० श्रावण ६, शनिबार मा प्रकाशित ( साल अघि) ९२४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,६ साउनःनेपाल टेलिकमले आफ्नो सेवामा गुणस्तरीयता कायम गर्न सक्नु पर्ने संचार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको छ । शनिबार दुरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश प्रदेशको आयोजनामा सिमरामा आयोजित नेपाल टेलिकमले दिने सेवाका जानकारी तथा अन्तरक्रिया कार्यत्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल सरकारको ८८ प्रतिशत लगानीसहितको स्वामित्व रहेको टेलिकमले दिने सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्ने, संचार सेवाको ब्यापार समेत गर्ने टेलिकमले सेवाग्रहीलाई सन्तुष्टि दिन सक्नुपर्ने र यस्तो गर्न सकेमात्रै सरकारी सेवा प्रभावकारी हुने धारणा राख्नुभयो ।

मन्त्री शर्माले टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट आफुले पहल गर्ने बताउँदै २०२३ भित्र देशका सम्पूर्ण क्षेत्रमा संचार सेवा पुर्‍याईने जिकिर गर्नुभयो । देशभरका सामुदायिक विद्यालयहरुमा निःशुल्क ईन्टरनेट सेवा विस्तार गर्ने, पालिकाका वडा तह सम्म सेवा दिने, प्रत्येक प्रदेशका २ वटा जिल्लामा नमुना सेवा दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै संघीय साँसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले सेवालाई चुस्त दुरुस्त बनाउन नसक्दा सरकारी संस्था र संयन्त्रहरु सकिदै गएको प्रशंग केलाउँदै त्यसो हुन नदिन आग्रह गर्नुभयो ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगियाबस्ती, निजगढ नगरपालिका केही वडाहरु र जिल्ला अन्य कतिपय स्थानहरुमा अझै नेपाल टेलिकमको सेवा नपुगेको भन्दै सो स्थानमा सेवा दिन समेत आग्रह गरिएको थियो ।
कार्यक्रममा बारा, पर्सा,रौतहट र सर्लाही जिल्लाका विभिन्ध पालिकाका प्रमुखहरु, प्रदेशसभा सदस्यहरु र संघीय सांसद ज्वाला कुमारी साह, प्रभु हजरा लगायतको सहभागिता रहेको थियो । उनीहरुले नेपाल टेलिकमको सेवा नपुगेका स्थानहरुमा सेवा सुचारु गर्न र सेवा प्रभावाकरी बनाउन मन्क्री शर्मा र टेलिकम टिमलाई आग्रह गरेका थिए ।

कार्यत्रममा नेपाल टेलिमकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, संचार तथा सूचना प्रविधि मन्त्राललयका सहसचिव बाबुराम भण्डारीलगायत टेलिकमका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु