२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराद्वारा लामो समयदेखि एउटै संस्थामा कार्यरत ४६ स्वास्थ्यकर्मीको सरुवा

२०८० श्रावण ११, बिहिबार मा प्रकाशित ( साल अघि) ६८३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ११ साउनः लामो समयदेखि एउटै स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाले सरुवा गरेको छ । एउटै संस्थामा दुई वर्षभन्दा बढी सेवा दिएका ४६ जना स्वास्थ्यकर्मीरुलाई पालिकाले एक संस्थाबाट अर्कोमा सरुवा गरेको हो ।
उपमहानगरमा चिकित्सक, नर्स, एचए, सिएमए, प्रयोगशाला प्राविधिक तथा कार्यालय सहयोगी सहित गरी १ सय ९ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । नगरपालिका स्रोतका अनुसार अहिले ४६ जना मात्र सरुवा गरिए पनि अर्को चरणमा सबै स्वाथ्यकर्मीलाई पालिकाभित्र एक ठाउँबाट अर्कोमा सरुवा गरिनेछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा काम गर्दै आउनुभएका रवि भास्करलाई सिमरा अस्पतालमा सरुवा गरिएको छ । सरुवाको सम्बन्धमा उहाँ काम गर्ने मानिसलाई नयाँ ठाउँको नयाँ अनुभव हुने, रिफ्रेस बनाउने, नयाँ वातावरण, बिरामी र समुदायसँग घुलमिल हुनसक्ने हुँदा समय समयमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुनु सकारात्मक पक्ष भएको धारणा राख्नुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु