२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा रंगशाला स्तरोन्नतिका लागि सँघीय सरकारको चासो, ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न उत्साहित

२०८० श्रावण १३, शनिबार मा प्रकाशित ( साल अघि) ३६६ पाठक संख्या

सीता अधिकारी
सिमरा, १३ साउनः संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले सिमरा रंगशाला स्तरोन्नतिका लागि सँघीय सरकारले बजेट विनियोजन गरेको बताउनुभएको छ । रंगशालाको विकासका लागि यस वर्ष सरकारका तर्फबाट ५० लाख रुपियाँ विनियोजन गरिएको शनिवार सिमरामा आयोजित एक कार्यक्रममा मन्त्री लिम्बुले बताउनुभएको हो ।
११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा छलफल गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्री लिम्बुले संघ, प्रदेश र स्थानीय सरकार समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकार र प्रदेश सरकारले पनि खेलकुद विकासका लागि विशेष चासो दिनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री लिम्बुले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा गर्ने गरी छलफल भईरहेको बताउनुभयो । उहाले सिमरा रंगशालामा प्रतियोगिता आयोजना गर्ने बिषयमा पनि छलफल भईरहेको जिकिर गर्नुभयो ।उहाँले ११ औँ राष्ट्रिय खेलकुद जीतपुरसिमरामा आयोजना भयो भने यस क्षेत्रको आर्थिक गतिविधि र पर्यटन विकास हुने धारणा समेत राख्नुभयो ।

1690640197593

सो अवसरमा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ११औ राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा आयोजना गर्न आफूहरु तयार रहेको भनाइ राख्नुभयो । कार्यक्रममा मन्त्री लिम्बुलाई जीतपुर सिमराको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिंगले ११ औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमा राख्न उत्साहित भएको धारणा व्यक्त गर्नुभयो । नगर प्रमुख राजन पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न खेल क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

1690640236656

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु