२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नेपाल सितोरियो कराँते जीततपुरसिमराको अध्यक्षमा मनोज कुमार साह

२०८० श्रावण २१, आईतबार मा प्रकाशित ( साल अघि) ४२७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २१ साउनः नेपाल सितोरियो कराँतेको जीततपुरसिमरा नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटि गठन भएको हो ।

शुक्रबार बाराको जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनलिकुमार साहको अध्यक्षतामा बसेको बैठकले जीतपुरसिमरा उपमहानगरपालिकास्तरीय नगर कमिटि गठन गरेको हो ।बैठकले नगरको उपाध्यक्षमा सुकराम लामा सचिवमा रवीन्द्र सहनी कोषाध्यक्षमा निमिसा राई सदस्यमा किसन, साह, अनिसा गोले, राजकुमार साह, सक्षम पटेल, मिथलेस साह, धर्मेन्द्र मुखिया, ऋद्धि सिंह राजपुत, राजाबाबु साह र सुवास कुमार रौनियार सर्वसम्मत चयन भएका हुन् ।

1691294078307

नगर कमिटि गठनसँगै बैठकले नेपाल सितोरियो कराँते बारा जिल्ला कमिटि गठनका लागि प्रतिनिधि सदस्यहरू पठाउने निर्णय गरेको छ । जिल्ला कमिटि गठनका लागि सानोबाबू कुर्मी, श्रीराम साह, मनोजकुमार साह, हिमाल चन्द्र अधिकारी, शिशिर थापा मगर र ऋद्धि सिंह राजपुतलाई प्रतिनिधि सदस्यको रूपमा पठाउने निर्णय गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिलकुमार साहको अध्यक्षता र मध्य क्षेत्रीय खेलकुद विकास उपनिर्देशक सुरेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा नेपाल सितोरियो कराँते मधेस प्रदेशका सदस्य श्रीराम साह, नेपाल सितोरियो कराँते संघ बाराका अध्यक्ष सानोबाबू कुर्मी, हिमाल चन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु