२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

मेयरकै हातबाट नयाँ पोशाक पाएपछि बालबालिका फुरुंग

२०८० श्रावण ३०, मंगलबार मा प्रकाशित ( महिना अघि) ३५७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३० साउनः मेयरको हातबाट नयाँ लुगा पाएपछि जीतपुरसिमराका दुई विद्यालयका बालबालिका फुरुंग परेका छन् । मंगलवार जीतपुरसिमरा उपमहानगरपालिकाका दुई विद्यालय फकिरा गिरी राजेश्वर गिरी मावि जीतपुर र नेपाल राष्ट्रिय नमुना मावि सिमराका बालबालिका मेयरकै हातबाट नयाँ पोशाक पाएपछि फुरुंग परेका हुन् ।
उपमहानगरले पालिकाभरिका एक देखि कक्षा ५ सम्म अध्ययनरत् छात्रछात्रलाई यस वर्ष नयाँ पोषाक वितरण गरेको हो । पोषाक वितरण गर्दै उपमहानगर प्रमुख राजन पौडेलले निर्वाचन जिते लगत्तै पदभार ग्रहण कार्यक्रममा घोषणा गरेको कार्यक्रमलाई मूर्त रुप दिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सवैको सकारात्मक सहकार्य आवश्यक रहेको भन्दै वालवालिकाको सम्मुनत शैक्षिक विकासको समेत कामना गर्नुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष तथा पदाधिकारी, शिक्षक अभिभावक र विद्यार्थीहरुकाको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु