२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सङ्गालो साकोसको १२ औँ वार्षिक सभा सम्पन्न

२०८० भाद्र ९, शनिबार मा प्रकाशित ( साल अघि) ३२८ पाठक संख्या

सयपत्री समाचारदाता

सिमरा, ९ भदौः सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा जिल्ला सहकारी सँघ बारा अध्यक्ष सतेन्द्र ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो ।

१२ वर्षअघि स्थापना भएको सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको झण्डै ११ करोड ६५लाख १५ हजारको कारोबार गरिरहेको संस्थाका अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो । हाल ३ सय ६६ जना सेयर सदस्य रहेको संस्थाले ७ करोड ७५ लाख ८७ हजारको निक्षेप संकलन र ८ करोड ६५ लाख १० हजार लगानी गरेको अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो ।

उद्घाटन सक्रको कार्यत्रममा संस्थाका दुई उत्कृष्ट कारोवारी गिताप्रसाद रिजाल र रीता कँडेललाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी संस्थाको उत्कृष्ट वचतकर्ताका रुपमा सन्तोषीदेवी पौडेल र अजय चौधरीलाई सम्मान गरिएको थियो ।
उद्घाटन सक्रको कार्यत्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की, जीतपुरसिमरा उपमहानगरपालिका सहकारी विभागप्रमुख सुधन चौधरी, साना किसान सहकारी वैँक सिमराका प्रमुख सुरेश लागे, नगर उद्योग वाणिज्य सँघका अधयक्ष मोहन शर्मा लामिछाने, नेपाल पत्रकार महासँघ बाराका अध्यक्ष रेशम तिवारी लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका सचिव रत्न उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक सदस्य नेत्रपसाद दाहाल्रको स्वागत मन्तव्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु