२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो केन्द्रीय परिषद बैठक सम्पन्न

२०८० भाद्र ११, सोमबार मा प्रकाशित ( साल अघि) ३९९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,११ भदौः नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले चौथो केन्द्रीय परिषदको बैठक शनिबार सम्पन्न गरेको छ । सस्थागत हित र आर्थिक अनुशाासनको पक्षमा जोड दिँदै यूनियनले बैठक सम्पन्न गरेको हो ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुवरको प्रमुख आतित्यथामा सपन्न भएको उद्घाटन सत्रमा उहाँले सस्थागत हित र आर्थिक अनुसासनको पक्षमा ट्रेड युनियनले आवाज उठाउदै सवल र सक्षम सस्था निर्माणमा पहल कदनी गर्नु नै युनियनको धर्म रहने कुरा बताउनु भयो।
त्यस्तै ट्रेड युनियन कांग्रेसका महासचिब अजय कुमार राईले बिगतदेखि नै स्वतन्त्र कर्मचारी युनियनले निगममा सँस्थागत सुधारको पक्षमा आवाज उठाउदै आएकोले आगामी दिनमा पनि यहि रुपमा युनियन अगाडि बढ्ने छ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष विकास बखतीले युनियन कसैको प्रभाब र दवाबमा कहिलै नझुक्ने र सस्थागत सुधार र कर्मचारीको वृति विकासमा सधै लिागि रहने कुरा बताउनु भयो ।
युनियनका उपाध्यक्ष कमला न्यौपानेले स्वागत मन्तब्य राख्नु हुदै बिगतदेखि नै निगममा महिला सशक्तीकरणमा युनियनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अवगत गराउदै, आउने दिनमा निगमको हरेक कार्यक्षेत्रमा महिलाको सहभागितालाई उचित स्थान दिलाउन युनियन लाग्नुपर्ने कुरा बताउनु भयो।
युनियनका महासचिब सन्दिप बरालले बिगतमा युनियनले सस्थागत सुधार र कर्मचारीको सेवासुबिधा थपको लागि गरेका कामको स्मरण गर्दै युनियनको आगामी कार्ययोजना सम्भन्धमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुवर, महासचिव अजयकुमार राई, कोषाध्यक्ष सञ्जय दाहाल र सार्वजनिक सेवा कर्मचारी संघका महासचिन रमेश जोशीलाई सम्मान गरिएको थियो । युनियनका केन्द्रीय सदस्य लोकराज पाध्याय, रामचन्द्र पाण्डे र केन्द्रिय सल्लाहकार दिपक प्रसाद घिमिरेले समेत ऊक्त कार्यक्रममा मन्तब्य राख्नु भएको थियो.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु