२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराद्वारा दर खाने निम्तो

२०८० भाद्र २५, सोमबार मा प्रकाशित ( साल अघि) ३८४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २५ भदौः जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक संस्था तथा निजी संस्थामा कार्यरत महिला कर्मचारी र पदाधिकारीहरुलाई दर खान निम्ता गरेको छ । बुधबार जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरभित्र रहेका सम्पूर्ण सार्वजनिक तथा निजी संस्थामा कार्यरत महिला कर्मचारीहरुलाई दर खान निम्ता गरिएको हो ।

तर सार्वजनिक विदा नहुँदा सामुदायिक विद्यालयका महिला शिक्षकलाई भने कक्षामा पढाउने कि नगरको निर्देशन मानेर दर खान जाने भन्ने दुविधा उत्पन्न भएको छ । धेरै महिला शिक्षक भएको विदालयलमा कक्षा व्यवस्थापन गर्न त्यस दिन चुनौती नै देखिन्छ ।
निम्ता गरिएकामा सम्पूर्ण सामुदायिक विद्यालयका सम्पूर्ण महिला शिक्षकहरु, सहकारीका सञ्चालक समिति र कर्मचारीहरु, महिला सञ्चारकर्मीहरु, महिला जनप्रतिनिधिहरु, महिला स्वस्थ्य कर्मचारी तथा स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् । पत्रमा १० वजेदेखि ४ वजेसम्म दर खाने कार्यक्रम रहेको बताइएको छ । हेर्नुहोस् पत्रः

Received_256971913967217FB_IMG_1694442811495FB_IMG_1694442786177FB_IMG_1694442802014FB_IMG_1694442806855

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु