२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा रंगशालामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने

२०८० आश्विन ८, सोमबार मा प्रकाशित ( साल अघि) ३४० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ८ असोजः सिमरा रंगशालामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमी बीच हुनेछ भने दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान काठमाडौं भिड्नेछन् । सिमरा भेट्रान क्लब सिमराको आयोजनामा आईतबारदेखि प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताअर्न्तगत सिमरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लबले विजय शुरुवात गरेको छ । अभिषेक चर्च भेट्रान नवलपरासीलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजकले विजय शुरुवात गरेको हो । आयोजकलाई जीत दिलाउने क्रममा दिपेन राईले ह्याट्रिक गरेका थिए । निर्धारित ६० मिनेटको खेलमा राईले २६, ३८ र ४५औं मिनेटमा गोल गरेका थिए । आयोजकका लागि चौथो गोल गोपीप्रसाद भट्टले गरे । यता अभिषेक चर्चका लागि भने यमु राना र हरिबहादुर महतोले एक/एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच आयोजकका राई घोषित भए ।
प्रतियोगिताको एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले समग्र खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा, मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्की, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता ईश्वर के.सीलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामालगायत जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षा निकायका अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिता संयोजक हरी चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो ।कार्यक्रमको सञ्चालन संचार संयोजक प्रदीप गौतले गर्नुभएको थियो ।
स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागिता
प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्सक्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडमफाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहेको छ ।
सहयोग
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको चौबिस वटै वडा कार्यालय, हुलास स्टील, सूर्य नेपाल, नारायणी रोलिङ मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पताल वीरगन्ज, बारा जिल्ला फूटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंक लगायतका संघसंस्थाको सहयोग रहेको संयोजक हरी चौधरीले जानकारी दिनुभयो ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु