२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

पर्सा राष्ट्रिय निकुञ्जको प्रवर्द्धनका लागि सरोकारवालासँग अन्तरक्रिया

२०८० आश्विन १०, बुधबार मा प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १० असोजः ४० औँ विश्व पर्यटन दिवस २०८०को अवसर पारेर बुधबार पर्सा राष्ट्रिय निकुञ्जले सरोकारवालासँग अन्तरक्रिया आयोजना गरेको छ ।
पर्यटन व्यवसायी, मोटरवाइक राइडर तथा संरक्षणसँग सम्बन्धित सरोकारवालाहरुसँग निकुञ्जले अन्तरक्रिया गरेको हो । पर्सा राष्ट्रिय निकुञ्जको प्रवर्द्धनका लागि विधिवत रुपमा काठमाडौँबाट विदा भएर पर्सा राष्ट्रिय निकुञ्ज आइपुगेको बाइक राइडरको टोलीलाई निकुञ्ज परिसरमा टिका तथा खादा लगाएर स्वागत गरिएको हो ।

1695817991936

नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले नगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्न स्थानीय सरकारले भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा गोल्डेन ट्रयांगल टुर २०२३ का संयोजक विष्णु विवेकले पर्सा राष्ट्रिय निकुञ्जको प्रवर्द्धनमा देखिने कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सन्तोष भगतले सञ्चालन गर्नुभएको कार्यक्रममा सबुज गणका गणपति गणेशराज पन्त, मध्यवर्ती एवं सामुदायिक वनका अध्यक्ष, पत्रकार, कलाकार, साहित्यकार लगायतको उपस्थिति रहेको थियो । गोल्डेन ट्रयांगल टुर २०२३ को नाम दिएर काठमाडौँबाट आएको टोलीले पर्सा राष्ट्रिय निकुञ्जको भ्रमण गरी निकुञ्ज संरक्षण र विकासका लागि जंगल सफारी, हात्तीसार अवलोकन गरेका थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु